Logo

२०८३, आश्विन १०गते


images
images

कक्षा कोठामा पानी जमेपछि पठन पाठनमा समस्या

कक्षा कोठामा पानी जमेपछि पठन पाठनमा समस्या

images
  • सेतोमसी सहकर्मी
  • कक्षा कोठामा पानी जमेपछि पठन पाठनमा समस्या
    images
    images

    रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिकाका विभिन्न स्थानमा वर्षाको पानी जमेपछि पठन पाठनमा समस्या भएको छ । वडा नम्बर १ स्थित जनता प्राथमिक आधारभूत विद्यालयको चौर र कक्षा कोठामा नै वर्षाको पानी जमेपछि हो । 

    images
    images
    images

    आइतबार साँझको वर्षाको पानी विद्यालय परिसरमा जमेको कारण विद्यार्थीहरूलाई असहज भएको नेपाल पत्रकार महासंघ रौतहटका सह सचिव सञ्जय सहनीले बताए । 

    images
    images
    images

    उनले सामाजिक सञ्जाल फेसबुकमा पूर्वप्रधानमन्त्री एवं वर्तमान सांसद माधव नेपालको निर्वाचन क्षेत्रमा पर्ने यस विद्यालयको समस्याले दुखित बनाएको भन्दै सांसद, प्रदेश सांसद र गाउँपालिकाका जनप्रतिनिधिको ध्यानाकर्षण गराएका छन् । 

    images
    images
    images

    वर्षाको पानी जमेका कारण सो विद्यालयका विद्यार्थीहरू पानीमा डुबेर गरेको प्राथनाले र कक्षा कोठामा समेत पानी भएकाले पानीमा नै अध्ययन गरिरहेको देख्दा आफ्नो आँखाबाट आँसु समेत झरेको सहनीको भनाई रहेको छ । 

    पूर्वप्रधानमन्त्री एवम् नेकपा एसका अध्यक्ष नेपालको निर्वाचन क्षेत्रमा यस्तो अवस्था देख्दा अचम्मित भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा आलोचना समेत भएको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पठन पाठनमा समस्या
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।