Logo

२०८३, श्रावण ३०गते


images
images

पोखरा महानगरद्वारा कृषकलाई फलफूलका बिरुवा अनुदान

पोखरा महानगरद्वारा कृषकलाई फलफूलका बिरुवा अनुदान

images
  • सेतोमसी सहकर्मी
  • पोखरा महानगरद्वारा कृषकलाई फलफूलका बिरुवा अनुदान
    images
    images

    राजेश पराजुली, पोखरा । पोखरा महानगरपालिकाले कृषकलाई १४ हजार पाँच सय ५० फलफूलका बिरुवा वितरण गरेको छ । महानगरपालिकाले ५० प्रतिशत अनुदानमा विभिन्न जातका फलफूलका बिरुवा वितरण गरेको कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए ।

    images
    images
    images

    उनका अनुसार तीन सय ७८ कृषक तथा कृषक समूहलाई बिरुवा वितरण गरिएका हुन् । महानगरपालिकाले एक/एक हजार सङ्ख्यामा आँप, लिची, एबोकाडोका बिरुवा वितरण गरेको छ ।

    images
    images
    images

    यस्तै कागतीका एक हजार पाँच सय बिजु र चार हजार कलमी बिरुवा तथा सुन्तलाका एक हजार पाँच सय बिजु र तीन हजार कलमी बिरुवा वितरण गरिएको छ ।

    images
    images
    images

    यस्तै, एक हजार ५० अम्बा र पाँच सय मेकाडामिया नटका रिुवा वितरण गरिएको कडरियाले जानकारी दिए । कृषकलाई ५० प्रतिशत अनुदानमा प्रति बिरुवा आँँप रु ५०, लिची रु ४०, अम्बा रु २५, कागती बिजु रु ३०, कलमी रु ६०, सुन्तला बिजु रु ३०, कलमी रु ६०, मेकाडामिया नट रु ५०, एबोकाडो रु ५० मा उपलब्ध गराइएको उनले बताए ।

    वितरण गरिएका फलफूलका बिरुवाको तीन गुणा बढी माग भए पनि सीमित साधनस्रोतका कारण माग बमोजिम उपलब्ध गराउन नसकिएको महानगरले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखरा महानगरपालिका
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।