नवलपरासी । नारायणीमा बगाई ल्याएको दाउरा समात्ने क्रममा नदीले बगाएर एक जना बेपत्ता भएका छन् । नवलपरासी जिल्ला सुस्ता गाउँपालिका वडा न. ५ बस्ने ३३ वर्षीय अर्जुन चमार नारायणी नदीमा बेपत्ता भएका हून ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक रेशम बोहराका अनुसार नारायणी नदीमा दाउरा टिप्ने क्रममा उनी अचानक बेपत्ता भएका हुन् भने राजाराम कुर्मीको कमान्डमा इलाका प्रहरी कार्यालय बेलाटारी, प्रहरी चौकी कुँडिया, प्रहरी चौकी नर्सहि र स्थानीयहरूको सहयोगमा खोजतलास कार्य भइरहेको जनाइएको छ ।
शुक्रवार बिहानदेखि सुरु भएको वर्षका कारण नारायणी नदीमा बाढी आएको हो, नदीमा बाडी आउँदा स्थानीयको
काठ दाउरा निकाल्न व्यापक भीड हुने गर्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology