Logo

२०८३, श्रावण ३०गते


images
images

राहुल चहरको उत्कृष्ट प्रदर्शनले मुम्बई द्वारा कोलकता १० रनले पराजित

राहुल चहरको उत्कृष्ट प्रदर्शनले मुम्बई द्वारा कोलकता १० रनले पराजित

images
  • राहुल चहरको उत्कृष्ट प्रदर्शनले मुम्बई द्वारा कोलकता १० रनले पराजित
    images
    images

    ०१ बैशाख, एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा साविक विजेता मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ । मंगलबार राती सम्पन्न खेलमा कोलकता नाइट राइडर्सलाई १० रनले पराजित गर्दै पहिलो जित हात पारेको हो । मुम्बईको जितको लागि स्पिनर राहुल चहरले उत्कृष्ट प्रदर्शन गरे ।

    images
    images
    images

    जितको लागि १ सय ५३ रनको विजयी लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४२ रन बनायो ।  मुम्बईका स्पिनर राहुल चहरले ४ ओभरमा २७ रन खर्चेर ४ विकेट लिए । ट्रेन्ट बोल्टले २ र क्रुनाल पान्ड्याले १ विकेट लिए ।

    images
    images
    images

    WhatsApp-Image-2021-04-13-at-231820jpeg.jpgत्यसअघि चेन्नईमा टस हारेर पहिला ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा १ सय ५२ रनमा अल आउट भएको थियो । 

    images
    images
    images

    जितसँगै मुम्बईले २ खेलबाट २ अंक जोडेको छ। मुम्बई पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरसँग २ विकेटले पराजित भएको थियो।
    कोलकत्ताको यो पहिलो हार हो। पहिलो खेलमा कोलकत्ताले सनराइजर्स हैदरावादलाई १० रनले हराएको थियो।कोलकत्ताकाे पनि २ अंक छ। मुम्बईले आफ्नो तेस्रो खेल शनिवार सनराइजर्स हैदराबादसँग खेल्ने छ । कोलकाताले आइतबार बेंगलोरसँग खेल्ने छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आईपीएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।