Logo

२०८३, कार्तिक २८गते


images
images

ट्रकले स्कुटरलाई ठक्कर दिंदा दाजुको मृत्यु, बहिनी गम्भीर घाइते

ट्रकले स्कुटरलाई ठक्कर दिंदा दाजुको मृत्यु, बहिनी गम्भीर घाइते

images
  • सेतोमसी सहकर्मी
  • ट्रकले स्कुटरलाई ठक्कर दिंदा दाजुको मृत्यु, बहिनी गम्भीर घाइते
    images

    पाल्पा  । पाल्पामा ट्रक र स्कुटी ठोक्किँदा एक जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी अर्का एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    बुधबार बेलुका पाल्पाको तिनाउ–३, दोभान नजिकै भएको दुर्घटनामा रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका-४, डिङ्गानगरका २१ वर्षीय विवेक अधिकारी रहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    यस्तै स्कुटरको पछाडि सवार विवेककी बहिनी १७ वर्षीया रश्मी अधिकारी गम्भीर घाइते भएको पाल्पा प्रहरीले जनाएको छ ।

    images
    images

    बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु ८६ प ६५१ नम्बरको स्कुटरले सोही दिशातर्फ आइरहेको लु २ ख ५३७३ नम्बरको ट्रकलाई उछिन्ने क्रममा ठक्कर खादा दुर्घटना भएको पाल्पा प्रहरीका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

    दुर्घटनामा गम्भीर घाइते भएका विवेकलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाइ छ ।

    घाइते रश्मीको भने उपचार जारी रहेको छ । ट्रकका चालककलाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ ।?

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।