Logo

२०८३, आश्विन १०गते


images
images

एकैदिन ५२.९७ अंकले बढ्यो नेप्से, ५ महिनापछि ७ अर्ब बढीको कारोबार

एकैदिन ५२.९७ अंकले बढ्यो नेप्से, ५ महिनापछि ७ अर्ब बढीको कारोबार

images
  • सेतोमसी सहकर्मी
  • एकैदिन ५२.९७ अंकले बढ्यो नेप्से, ५ महिनापछि ७ अर्ब बढीको कारोबार
    images
    images

    काठमाडौं ।आज साताको पहिलो नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उछाल आएको छ । करिब ५ महिना पछि ७ अर्ब बढीको कारोबार भएको छ ।

    images
    images
    images

    आज एकै दिन ५२.९७ अंकले नेप्से बढेर बजारमा उछाल आएको हो । आइतबार नेप्से २.४० प्रतिशतले बढेर २२५७.५९ विन्दुमा पुगेको छ । आज नेप्से परिसूचक उच्चतम २२९०.९५ विन्दुसम्म पुगेको थियो । तर पछि फेरी करेक्सन भएर बजार बन्द हुँदा भने २२५७ विन्दु कायम रहयो । नेप्सेको उक्त विन्दु करिब एक वर्ष यताकै सबैभन्दा बढी हो ।

    images
    images
    images

    नेप्से बढेसँगै आज कारोबार पनि उछाल आएको छ । आज एकै दिन ७ अर्ब बढीको करोबार भएको छ । जुन करिब ५ महिना यताकै सबैभन्दा बढी हो ।

    images
    images
    images

    आज ७ अर्ब ६२ करोड ४ लाख ९८ हजार रुपैयाँको कारोबार भएको छ । ७ अर्ब बढीको कारोबार २०८० साल माघ ७ गते भएको थियो । उक्त दिन नेप्से २५ अंकले घट्दा ७ अर्ब ६३ करोड २८ लाख ९० हजार रुपैयाँको कारोबार भएको थियो ।

    आज सबैभन्दा बढी जीवन बीमा समूहमा उछाल आएको छ । एकै दिन जीवन बीमा समूह २२०.८५ अंकले बढेर १०९४८.५९ विन्दुमा पुगेको छ । आज २०१ वटा कम्पनीको शेयर मूल्य बढ्दा निर्जीवन बीमा समूह पनि १४०.४८ अंकले बढेर ११२८२.७० विन्दुमा पुगेको छ ।
    आइतबार ३६ वटा कम्पनीको शेयर मूल्य घट्दा सबैभन्दा कम म्युचअल फण्डको शेयर मूल्य बढेको छ । म्युचअल फण्ड समूह ०.३४ अंकले बढेर २०.०८ विन्दुमा पुगेको छ ।

    आज ३०९ वटा कम्पनीको शेयर कारोबारमा आउँदा ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बढ्यो नेप्से
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।