Logo

२०८३, आश्विन १०गते


images
images

सेयर बजारमा झिनो सुधार, नौ अंकले बढ्यो नेप्से

सेयर बजारमा झिनो सुधार, नौ अंकले बढ्यो नेप्से

images
  • सेयर बजारमा झिनो सुधार, नौ अंकले बढ्यो नेप्से
    images
    images

    काठमाडौं ।  सेयर बजार सामान्य अंकले उकालो लागेको छ। बुधबार नेप्से परिसूचक ९.२५ अंकले बढेर दुई हजार ८६.८४ विन्दुमा कायम भएको छ। आज सेन्सेटिभ इन्डेक्स, फ्लोट इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्स पनि क्रमशः ०.३९ प्रतिशत, ०.४८ प्रतिशत र ०.४३ प्रतिशतले बढेको छ।

    images
    images
    images

    यस दिन दुई सय ६९ कम्पनीका ९३ लाख ३८ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ८० करोड ३२ लाख ९८ हजार रुपैयाँबराबरको कारोबार भएको छ। मंगलबार एक अर्ब ९२ करोड ४४ लाखबराबरको सेयर कारोबार भएको थियो।

    images
    images
    images

    नेप्सेका १३ मध्ये तीन उपसमूहमा गिरावट आउँदा बाँकी उपसमूह बढेको छ। सबैभन्दा धेरै लघुवित्त ०.२८  प्रतिशत, हाइड्रोपावर उपसमूह ०.२४ प्रतिशत र व्यापार उपसमूह ०.०६ प्रतिशतले घटेको छ।  त्यसैगरी,  फाइनान्स समूह १.६९ ho प्रतिशतले बढ्दा होटेल तथा पर्यटन १.४० प्रतिशत र विकास बैंक १.०१ प्रतिशतले बढेका छन्।

    images
    images
    images

    आज आरबिबी म्युचुअल फन्ड– १ का सेयरधनीले सर्वाधिक ४.१४ प्रतिशत आर्जन गरेका छन्। त्यसैगरी, स्ट्यान्डर्ड चार्टर्ड बैंक ४.०३ प्रतिशत, सिद्धार्थ इक्विटी फन्ड र सिंगटी हाइड्रो इनर्जी समान ३.८९ प्रतिशतले बढेका छन्।

    यता, प्रभु स्मार्ट फन्डको मूल्य १० प्रतिशतले घटेको छ।  त्यसैगरी, एनआइएमबी समृद्धि फन्ड– २ को मूल्य ४.५८ प्रतिशत र सुपर मादी हाइड्रोपावर ४.०५ प्रतिशतले घटेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बढ्यो नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।