काठमाडौं । अन्ततः प्रमुख विपक्षी नेकपा (एमाले) विभाजित भएको छ । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नयाँ दल नेकपा एमाले (समाजवादी) बनाउने निर्णय गरेका हुन् ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मात्र संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने गरी अध्यादेश जारी भएसंगै नेपाल समूह ‘नेकपा एमाले (समाजवादी)' दर्ताका लागि निर्वाचन आयोग तर्फ लागेका छन् ।
स्रोतका अनुसार नेकपा एमाले (समाजवादी) को ९५ सदस्यीय केन्द्रीय कमिटी हुनेछ भने चुनाव चिन्हमा खुला किताब प्रस्ताव गरिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology