Logo

२०८३, श्रावण २७गते


images
images

कृषि

आँप बेचेर दुई लाख कमाउँछन् स्वर्गद्वारीका दिनेश

आँप बेचेर दुई लाख कमाउँछन् स्वर्गद्वारीका दिनेश

images
  • आँप बेचेर दुई लाख कमाउँछन् स्वर्गद्वारीका दिनेश
    images
    images

    सन्तोष सुनार, प्यूठान । प्यूठान जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं ४ बाझिपुरका दिनेश नेपाली यतिबेला आँप बटुल्न, संरक्षण गर्न र बेच्न व्यस्त छन् । २८ वर्षीय दिनेश आफ्नो जमुना बगैचामा पाकेका आँप बेचेर वार्षिक दुई लाख कमाउँछन् । 

    images
    images
    images

    एसएलसी उत्तीर्ण नभएपछि कामको खोजीमा भरत पुगेर केही वर्ष विताएकाका दिनेश बैदेशिक रोजगारको लागि दुवई र कतारमा समेत २/२ वर्ष काम गरेर गाउँ फर्किए । आफ्नै देशको माटो र आफ्नै बाबु बाजेले जोगाएर राखिदिएको गाउँको घरमा फ़र्किएपछि उनी २०७८ देखि आँपको संरक्षण र मलजल गर्ने कार्यमा जोडिए ।     

    images
    images
    images

    उनको जिजुहजुरबुबाले भारतिय सैनिकबाट अवकास हुँदा ५० हजारमा किनेको करिब ६० रोपनी जग्गामा हुर्किएका आँप आज उनको आय आर्जनको माध्यम बनेको छ । आठ दशकअघि हजुरबुबाले लगाएका आँपका बिरुवा अहिले ठूला रूखमा परिणत भएको र त्यसैले वार्षिक दुईलाखसम्म आम्दानी दिएको दिनेश बताउँछन् । 

    images
    images
    images

    "माडीखोला नजिकै भएपनि पिउन र बोटविरुवा, तरकारी लगाउन पानीको निकै अभाव रहेको अवस्थामा पनि त्यो बेला विरुवा लगाइयो । आज त्यो विरुवाको फल मात्र हामीले खाएका छैनौं, त्यही आँप बेचेर नुन-तेल, लत्ताकपडा समेत किन्न सजिलो भएको छ" दिनेशकी हजुरआमा हुमा सार्कीले विगत स्मरण गर्दै  भनिन् । तत्कालिन अवस्थामा करिब एक सय आँपहरु लगाएको र बोटविरुवा  बचाउन आफुले माडीखोलाबाट पानी बोकको हुमालाई आजपनि सम्झना छ । 

    Mango.1.jpg

    संरक्षण र व्यवस्थापन नहुँदा केही  आँपका बोटहरु मरेको तथा मानिसहरुले भाचिदिएको भएपनि हाल बगैचामा ४५ वटा आँपको बोटहरु रहेको दिनेशले सेतोमसीलाई बताए । 

    आफुले हेरचाह र संरक्षण गर्न लागेपछि २०८० सालमा २ लाख बराबरको आँप विक्री गरेको र यो वर्ष २ लाख ५० हजार रुपैया आर्जन गर्ने लक्ष्य रहेको उनले बताए । "सबै एकैनासका मान्छे कहाँ हुन्छन र ? धेरै आँप त चोरी हुन्छ । हामीले दु:ख गर्छौं तर हाम्रो दु:ख लुट्ने मान्छे पनि समाजमा छन्" उनले भने, "चोरी नहुने हो भने आगामी वर्ष तीन लाखको आँप बेच्न सक्छु जस्तो लाग्छ ।" 

    दिनेशले व्यापारीको माग अनुसार रोल्पाको सुलिचौर बजार, लिवाङ बजार र प्यूठान कै  विजुवार, जुम्री लगायतका ठाउँमा लगेर आँप विक्री वितरण गर्ने गरेको  बताए । उनले प्रति केजी एक सयका दरले आँप विक्री गरेका छन् । आँप किन्न बगैँचामा पनि दिनमा ७-८ जना दैनिक आउने गरेको उनले सुनाए । 

    दिर्घकालीन रुपमा विभिन्न पेशामा लागेका किसानहरुलाई स्थानीय सरकारले संरक्षण, अनुगमन  तथा हौसलाको लागि अनुदान दिएमा फलफुल र तरकारी जिल्लामा बाहिरबाट ल्याउन नपर्ने अवस्थाको सिर्जना गर्न सकिने उनको भनाई छ । 

    अहिले दिनेशले उक्त बगैँचामा आँपसंगै अमला, कागती, तुलसी, श्रीखण्ड लगायतका विरुवाहरु लगाएका छन । उनी भन्छन् ,“मलाई नगरपालिकाले अनुदानभन्दा पनि हौसला र समन्वय गरिदिए हुन्थ्यो । म कर्म गरे सफलता मिल्छ भन्ने उदारहरण देखाउने उदेश्यले काम गरिरहेको छु ।"

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।