राजेश पराजुली, पोखरा । बेनी–जोमसोम सडक अन्र्तगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा पहिरोमा पुरिएको मोटरसाइकल निकालेको छ ।
बेनी देखि शिखतर्फ जादै गरेको ध२प ६०३३ नम्बरको पल्सर कम्पनीको टु ट्वान्टी ब्राण्डको मोटरसाइकल गुडीरहेको अवस्थामा पहिरो खसेर पुरिएको थियो ।
मोटरसाइकल चालक भने भागेर ज्यान बचाउन सफल भएका थिए । महभिर देखि माथिको भिरमा नयाँ पहिरो आउन थालेको छ । बेनी जोमसोम कोरला सडक आयोजनाले आइतबार सडक विभागको डोजर परिचालन गरेर मोटरसाइकल निकाल्नुका साथै अवरुद्ध सडक खुलाएको छ ।
आइतबार बेनी जोमसोम सडक सूचारु रहेको छ ।रातको समयमा बेनी जोमसोम सडकमा यात्रा नगर्न स्थानीय प्रशासन र बेनी जोमसोम कोरला सडक आयोजनाले अनुरोध गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology