Logo

२०८३, आश्विन १९गते


images
images

बागलुङको निसीखोलामा ढिस्को खस्दा दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते

बागलुङको निसीखोलामा ढिस्को खस्दा दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते

images
  • बागलुङको निसीखोलामा ढिस्को खस्दा दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
    images
    images

    बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–३ बोहोरागाउँमा सडक स्तरोन्नतिको क्रममा माटोको ढिस्को खस्दा पुरिएर दुई मजदुरको मृत्यु भएको छ । घटनामा एक मजदुर गम्भीर घाइते भएका छन् ।

    images
    images
    images

    आज बिहान झिवाखोलाबाट बोहोरागाउँ जाने भित्री सडकखण्डमा सडक खन्ने क्रममा माथिबाट अचानक माटोको ढिस्को खसेको थियो । लु १ क ३४४६ नम्बरको जेसीबीले सडक खनिरहेको अवस्थामा ढिस्को खस्दा सडक निर्माणमा खटिएका मजदुरहरू पुरिएका हुन् ।

    images
    images
    images

    घटनामा सल्यानका ३२ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुरको गाईघाटका ३२ वर्षीय राजु थापामगरको मृत्यु भएको छ । उनीहरू दुवै जनालाई माटोको ढिस्कोमा पुरिएको अवस्थामा फेला पारिएको थियो । त्यस्तै, घटनामा रोल्पाको त्रिवेणी गाउँपालिका–५ का २५ वर्षीय कृष्णबहादुर घर्ती गम्भीर घाइते भएका छन् । उनलाई घटनास्थलबाट तत्काल उद्धार गरी उपचारका लागि बुर्तिबाङ अस्पताल पठाइएको छ । सडक स्तरोन्नतिका क्रममा अचानक माटोको ढिस्को खसेपछि दुर्घटना भएको र घटनाबारे थप विवरण आउन बाँकी रहेको जनाइएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मजदुरको मृत्यु
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।