Logo

२०८३, आश्विन १९गते


images
images

नर्वेलाई हराउदै पोर्चुगल नेसन्स लिगको क्वार्टरफाइनलमा

नर्वेलाई हराउदै पोर्चुगल नेसन्स लिगको क्वार्टरफाइनलमा

images
  • नर्वेलाई हराउदै पोर्चुगल नेसन्स लिगको क्वार्टरफाइनलमा
    images
    images

    काठमाडौँ । पोर्चुगलले युरोपेली नेसन्स लिगको समूह ‘ए’ अन्तर्गत नर्वेलाई २–१ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ । पोर्चुगलले घरेलु मैदान पोर्तोस्थित ड्रागाओ रंगशालामा नर्वेमाथि पुनरागमन जित निकालेको हो ।

    images
    images
    images

    खेलमा नर्वेले सुरुआती अग्रता लिए पनि पोर्चुगलले उत्कृष्ट पुनरागमन गर्दै जित हात पारेको थियो । नर्वेका लागि क्रिस्टोफर आयरले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि जोआओ कान्सेलोले पोर्चुगलका लागि बराबरी गोल गरेका थिए । दोस्रो हाफमा पोर्चुगलले आक्रमणलाई थप तीव्र बनाएको थियो । खेलको ७९औँ मिनेटमा गोन्सालो रामोसले निर्णायक गोल गर्दै पोर्चुगललाई २–१ को अग्रता दिलाएका थिए । त्यसपछि नर्वेले बराबरीका लागि प्रयास गरे पनि पोर्चुगलले अग्रता जोगाउँदै खेल आफ्नो पक्षमा पारेको थियो ।

    images
    images
    images

    यो जितसँगै पोर्चुगल नेसन्स लिगको समूह ‘ए४’ बाट क्वार्टरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ । पोर्चुगलले समूह चरणका चारै खेल जित्दै शतप्रतिशत नतिजा कायम गरेको छ । टोलीले यसअघि वेल्सलाई १–०, नर्वेलाई उसकै मैदानमा २–१ र डेनमार्कलाई ४–२ ले पराजित गरेको थियो ।

    images
    images
    images

    पोर्चुगलका कप्तान ब्रुनो फर्नान्डेसको नेतृत्वमा टोलीले नर्वेविरुद्ध पनि प्रभावशाली प्रदर्शन गरेको थियो । नियमित कप्तान क्रिस्टियानो रोनाल्डो टोलीमा नरहेको अवस्थामा पनि पोर्चुगलले लगातार जित निकाल्दै प्रतियोगितामा आफ्नो बलियो सुरुआतलाई निरन्तरता दिएको छ । 

    नर्वेका लागि कप्तान मार्टिन ओडेगार्ड र स्टार स्ट्राइकर एर्लिङ हालान्ड मैदानमा थिए। तर पोर्चुगलको रक्षापंक्ति र मध्यपंक्तिले उनीहरूलाई निर्णायक प्रभाव पार्नबाट रोक्यो । नर्वेले समूह चरणमा डेनमार्कलाई ३–२ ले हराएर सुरुआत गरेको थियो । त्यसपछि पोर्चुगलसँग १–२ र वेल्ससँग १–२ ले पराजित भएको थियो । पोर्चुगलको जितसँगै समूह ‘ए४’ मा क्वार्टरफाइनलको समीकरण पनि स्पष्ट हुँदै गएको छ । अब पोर्चुगलले आगामी खेलमा डेनमार्क र वेल्सको सामना गर्नेछ । नर्वेले पनि समूह चरणका बाँकी खेलमा वेल्स र डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ । 

    क्रिस्टियानो रोनाल्डोको अनुपस्थितिमा पोर्चुगलले पछिल्ला खेलमा उत्कृष्ट नतिजा निकालेको छ । डेनमार्कलाई ४–२ ले हराएपछि नर्वेमाथि २–१ को जित निकाल्दै टोलीले क्वार्टरफाइनल यात्रा सुनिश्चित गरेको हो ।

    पोर्चुगलका प्रशिक्षक जोर्जे जेसुसले रोनाल्डो राष्ट्रिय टोलीमा फर्किन चाहेमा उनको बाटो खुला रहेको बताएका छन् । रोनाल्डोले टोलीमा फर्किने वा नफर्किने निर्णय आफैँ गर्ने जेसुसको भनाइ छ । 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # युरोपेली नेसन्स लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।