Logo

२०८३, आश्विन १९गते


images
images

नेसन्स लिगमा स्पेन र इङ्ल्यान्डको शानदार जित

नेसन्स लिगमा स्पेन र इङ्ल्यान्डको शानदार जित

images
  • नेसन्स लिगमा स्पेन र इङ्ल्यान्डको शानदार जित
    images
    images

    काठमाडौं । युरोपेली नेसन्स लिगअन्तर्गत स्पेन र इङ्ल्यान्डले प्रभावशाली जित निकालेका छन् । गएराती सम्पन्न खेलमा स्पेनले चेक गणतन्त्रलाई ३–१ ले हराउँदा इङ्ल्यान्डले क्रोएसियामाथि ७–० को फराकिलो जित दर्ता गरेको हो ।

    images
    images
    images

    स्पेनको जितमा लामिन यामाल, रोड्री र मिकेल मेरिनोले गोल गरेका थिए भने चेक गणतन्त्रका लागि जिरी स्लामाले एक गोल फर्काएका थिए । जितसँगै स्पेनले तीन खेलबाट ९ अंक जोड्दै समूहमा शीर्ष स्थान कायम राखेको छ ।

    images
    images
    images

    यस्तै, इङ्ल्यान्डका लागि कप्तान ह्यारी केन र बुकायो साकाले समान दुई गोल गरेका थिए भने जुड बेलिङ्घम, एन्थोनी गोर्डन र मोर्गन रोजर्सले एक–एक गोल थपेका थिए । इङ्ल्यान्डले तीन खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ ।

    images
    images
    images

    समूहमा क्रोएसियाको ३ अंक छ भने चेक गणतन्त्रले अहिलेसम्म अंक जोड्न सकेको छैन ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # युरोपेली नेसन्स लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।