बुटवल । पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा क्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
दुर्घटनामा गुल्मीको छत्रकोट गाउँपालिका–३ का ४७ वर्षिय नवराज पन्तको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।
आइतबार दिउँसो साढे १ बजेतिर बुटवलबाट पाल्पातर्फ जाँदै गर्दा पन्त सवार लु ७४ प ९१७१ नम्बरको मोटरसाइकल तल्लो सिद्धबाबा मन्दिर नजिकै सडकबाट तिनाउ नदीमा खसेको थियो ।
दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरीले पन्तलाई गम्भीर अवस्थामा उद्धार गरी उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाएको थियो । अस्पतालमा उपचारका क्रममा चिकित्सकले पन्तलाई मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक भट्टराईले बताए ।
दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology