Logo

२०८३, आश्विन १०गते


images
images

'लुम्बिनी प्रदेशवासीले जनताको सरकार आएको महसुस गर्नेछन्' - मुख्यमन्त्री केसी  

'लुम्बिनी प्रदेशवासीले जनताको सरकार आएको महसुस गर्नेछन्' - मुख्यमन्त्री केसी  

images
  • 'लुम्बिनी प्रदेशवासीले जनताको सरकार आएको महसुस गर्नेछन्' - मुख्यमन्त्री केसी  
    images
    images

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले लुम्बिनी प्रदेशवासीले जनताको सरकारको आएको महसुस गर्ने बताएका छन् ।  जनताले महसुस गर्ने गरि सरकारले काम गर्ने उल्लेख गर्दै उनले सरकारले संचारजगतको रचनात्मक आलोचना र सहयोगको अपेक्षा गरेको बताए । पत्रकारहरुले उठाएका प्रश्नको जवाफ दिदै मुख्यमन्त्री केसीले मिडिया क्षेत्रमा समेत ठुला र साना मिडिया हाउसको विचमा विभेद कायम रहेको बताउँदै लुम्बिनी प्रदेश सरकार पुर्ण रुपमा मिडियामैत्री हुने बताए । पत्रकारहरुले उठाएका मिडिया विधेयक लगायतका विषयमा बोल्दै उनले प्रदेश सरकारले राज्यको चौथों अंगलाई कुनैपनि रुपमा बन्देज नलगाउने उल्लेख गरे ।

    images
    images
    images

     

    images
    images
    images

    प्रेस संगठन नेपाल लुम्बिनी प्रदेशले गरेको बधाई, शुभकामना तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री केसीले उक्त कुरा बताएका हुन् ।

    images
    images
    images

    त्यसैगरी उक्त कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका आर्थिक तथा योजनामन्त्री कृष्णध्वज खड्काले सरकार मिडियासंग हातेमालो गरेर अगाडि बढ्ने बताए । विगतको सरकारले जस्तो 'जनविरोधी' कार्य आफुले नगर्ने उल्लेख गर्दै मन्त्री खड्काले पत्रकारले दिएका सुझाबले आफुलाई थप जनपक्षीय हुन मद्दत गरेको जिकिर गरे ।

     

    कार्यक्रममा वरिष्ठ पत्रकार विनोद पहाडी, डा. बालकृष्ण चापागाईं, पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बसन्त गिरि, प्रगतिशील पत्रकार श्याम पोखरेल, प्रेस मन्च नेपालका केन्द्रिय सचीव टोपराज शर्मा लगायतले आफ्नो धारणा राख्दै सरकारलाई प्रेस मैत्री हुन सुझाव दिएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लुम्बिनी प्रदेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।