सुमन महतारा, गुल्मी । नयाँ वर्षको दिन स्वर्गद्धारी मन्दिर दर्शन गर्न गएका गुल्मीका कर्मचारी सवार जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ।
मृत्यु हुनेमा खरिदारदेखि अधिकृतसम्म छन्।
कर्मचारी चढेको गाडी बुधबार प्युठान जिल्लाको स्वर्गद्वारी नजिकै दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा परि ५ जना पुरूषको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारीहरू लु १ ज १६५५ नम्बरको गाडीमा गुल्मीबाट प्युठानको स्वर्गद्वारी जाँदै गरेको बताइएको छ ।
मृत्यु हुनेमा खरिदारदेखि अधिकृतसम्म छन्। स्याङजा स्थायी घर भएर जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत प्रशासकीय अधिकृत ३९ वर्षीय श्याम न्यौपाने, चालक २२ वर्षीय केशव कार्की, नायव सुब्बा ईश्वरी भण्डारी, खरिदार यमलाल पन्थी र सूर्य पन्थी रहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
बसलाई ओभरटेक गर्न खोज्दा जिप सडकदेखि करिब ६० मिटर तल भिरमा खसेको प्रहरीले जनाएको छ।
गम्भीर घाइते हुनेमा १२ वर्षीय पार्थक ज्ञवाली र प्यूठान स्थायी घर भएर जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत खरिदार ३५ वर्षीय सन्दिप परियार छन् ।
त्यस्तै, २३ वर्षीय सुुनिता कँडेल, २९ वर्षीय वसन्ती पौडेल, उनकी ४ वर्षीय छोरी निकिता पौडेल, ३० वर्षीय गीता मुखियाँ उनकी १२ वर्षीय छोरा अनिस मुखियाँ, २४ वर्षीय तारा भडारी बोहरा, उनकी ६ वर्षीय छोरा आशिष बोहरा, ३३ वर्षीय डिलबहादुर थापा, २७ वर्षीय कमला ज्ञवाली र २५ वर्षीय मुना पाण्डे छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology