Logo

२०८३, श्रावण ३०गते


images
images

पोखरा महानगरले तोक्यो अनुदानको मलको मूल्य, तोकिएकै मूल्यमा बिक्री नगरे कारबाही

पोखरा महानगरले तोक्यो अनुदानको मलको मूल्य, तोकिएकै मूल्यमा बिक्री नगरे कारबाही

images
  • पोखरा महानगरले तोक्यो अनुदानको मलको मूल्य, तोकिएकै मूल्यमा बिक्री नगरे कारबाही
    images
    images

    पोखरा । पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ का लागि रासायनीक मलको मूल्य तथा बिक्री परिमाणको कोटा निर्धारण गरेको छ । पोखरा महानगरपालिका मल वितरण ब्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मलको मुल्य निर्धारण गरेको हो ।महानगरका उपप्रमुख एवं मल वितरण ब्यवस्थापन समितिका संयोजक मञ्जुदेवी गुरुङको अध्यक्षतामा बसेको बैठकले युरिया, डीएपी र पोटासको मुल्य निर्धारण गरेको महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।

    images
    images
    images

    उक्त बैठकमा पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा, कृषि ज्ञान केन्द्र कास्कीका प्रमुख किरण सिग्देल, जिल्ला प्रशासन कार्यालय कास्कीका प्रसाशकीय अधिकृत नविन सुुवेदी, कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख ठाकुरप्रसाद बास्तोला, साल्ट टे«डिंग कर्पोरेशन लिमिटेड पोखराका प्रमुख सागर शेरचन, महानगर सहकारी शाखा प्रमुख अनिल कार्की, महानगर सहकारी समितिका संयोजक रविरमण तिवारी, अर्घौ कृषि सहकारी संस्था लिमिटेड पोखरा २६ का अध्यक्ष तथा विक्रेता कलाधर पाण्डे, महानगर कृषि विकास शाखाका प्राविधिक सहायक शिवसिंह धामी सहित बसेको बैठकले निर्णय गरेको हो ।
                                                                                                        मल डिपोदेखि बिक्र्री केन्द्रको दुरीका आधारमा प्रतिकेजी रु १९ रुपैयाँ ४५ पैसादेखि २१ रुपैयाँ ५ पैसासम्म निर्धारण गरिएको छ । त्यस्तै डीएपीको ४८ रुपैयाँ ४५ पैसादेखि ५० रुपैयाँ ५ पैसा र पोटासको मुल्य ३६ रुपैयाँ ४५ पैसादेखि ३८ रुपैयाँ ५ पैसासम्म तोकिएको छ । मल विक्रेताले प्लाष्टिक झोलाको मुल्य प्रति किलो बढिमा रु २ रुपैयाँ थप लिन सक्ने निर्णय गरेको महानगर कृषि विकास शाखाका प्राविधिक सहायक शिवसिंह धामीले जानकारी दिए ।

    images
    images
    images

    बैठकले पोखरा महानगर कृषि शाखामा सुचिकृत तथा बिक्री वितरण गर्नको लागि छनौट भएका २६ वटा वडाका ६५ केन्द्रबाट मल बिक्री वितरण भैरहेकोछ । मल बिक्री वितरणका लागि आर्थिक वर्ष २०८०÷८१ मा मल बिक्रेताले बिक्री गरेको आधारमा कोटा निर्धारण गरिएको मनहर कडरियाले जानकारी दिए । सुचिकृत बिक्रेकतालाई मलको कोटा निर्धारण गरिएको र किसानलाई महानगरले तोकेकै मुल्यमा सहज रुपमा किसानलाई मल उपलब्ध समेत अनुरोध गरेको छ । सहज र सपथ मुल्यमा मल बिक्री गरे नगरेको  अनुगमन गर्ने समेत पोखरा महानगरका उपप्रमुख मञ्जुुदेवी गुुरुङले निर्देशन दिइन् ।

    images
    images
    images

    ‘महानगरमा सुचिकृत विक्रेतालाई मलको कोटा निर्धारण गरिएको छ, किसानलाई तोकिएकै मूल्यमा सहज रुपमा मल उपलब्ध हुनुपर्छ,’ गुरुङले भनिन्, ‘अघिल्ला वर्षहरुमा पनि हामी नियमित अनुगमन गथ्यौ, यो वर्ष पनि त्यसलाई निरन्तरता दिन्छौं ।’
    पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले किसानलाई खपत र आवश्यकताका आधारमा मल उपलब्ध गराउन महानगर तयार रहेको बताउर्दै अनुुदानको मल बढि मुुल्यमा विक्री गर्नेहरुलाई कारबाही गरिने बताए ।
    कृषि ज्ञान केन्द्र कास्कीका प्रमुख किरण सिग्देलले युरिया, डिएपीको तुलनामा पोटासको खपत कम भएको बताए ।

     उनले रासायनिक मलको अनुुपात अनुसार खेतबारीमा पोटासको प्रयोग गरेको नदेखिएको बताउदैँ किसानलाई सचेतना अभिबृद्धि गर्नुुपर्ने आवश्यकता औल्याए । अनुुमति नलिइकन विक्री वितरण गर्ने, तोकिएको मुल्य भन्दा बढिमा बिक्री गर्ने र आफनो कार्यक्षेत्र भन्दा बाहिर बिक्री गर्ने, मुल्यसुची नराख्ने र विलविजक जारी नगर्ने बिक्रेतालाई कारबाही गरिने महानगर आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले बताए ।

    पोखरा महानगरमा गत आर्थिक वर्षमा युरिया १२२१ मेट्रिकटन,  डीएपी ६४५ मेट्रिकटन र पोटास ९८ दशमलब ९५ मेट्रिकटन गरी १९६५ दशमलब २ मेट्रिकटन खपत भएको महानगरले जनाएको छ । गण्डकी प्रदेश र महानगरभित्र रासायनिक मलको अभाव नभएको साल्टटेडिंग कर्पोरेसन लिमिटेड पोखराका प्रमुख सागर शेरचनले बताए ।उनका अनुसार गत आर्थिक वर्षमा गण्डकी प्रदेशमा मा ४५१५ दशमलब ७० मेट्रिकटन युरिया, २१४२ दशमलब ७५ डिएपी र १४५ दशमलब ६० मेट्रिकटन पोटास खपत भएको छ ।

    गण्डकी प्रदेशमा गत आर्थिक २०८०÷०८१ मा  ६९३५ दशमलब ६५० मेट्रिकटन युरिया, २७९५दशमबल २ सय डिएपी र ५२३दशमलब ७५० मेट्रिकटन पोटास खपत भएको कृषि सामाग्री कम्पनी लिमिटेड प्रमुख ठाकुरप्रसाद बास्तोलाले बताए । गण्डकी प्रदेशमा सरकारले उपलब्ध गराउने अनुदानको रासायनिक मल साल्टटेडिंग र कृषि सामाग्री मार्फत वितरण हुने गर्दछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखरा महानगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।