Logo

२०८३, आश्विन १०गते


images
images

शिक्षा

लुम्बिनी प्रदेशमा महिलामा शिक्षाको पहुँच न्यून

लुम्बिनी प्रदेशमा महिलामा शिक्षाको पहुँच न्यून

images
  • लुम्बिनी प्रदेशमा महिलामा शिक्षाको पहुँच न्यून
    images
    images

    कमला अर्याल, बुटवल । लुम्बिनी प्रदेशमा अझै पनि सम्पूर्ण महिला शिक्षाको पहुँचमा पुग्न सकेका छैनन् । प्रदेशमा १४ बर्षभन्दा माथिका महिलाको साक्षरता दर ७१.७० प्रतिशत मात्र रहेको छ । यो दर पुरुषको तुलनामा १५ प्रतिशतले कम हो । 

    images
    images
    images

    प्रदेशमा कुल जनसंख्या मध्ये ७८.०८ प्रतिशत नागरिकले मात्र लेखपढ गर्न जानेका छन्  । त्यसमध्ये लेखपढ गर्न जान्ने पुरुष ८४.१८ प्रतिशत छन भने ७१.६६ प्रतिशत महिलाले मात्र लेखपढ गर्न जानेका छन् । १४ देखि ५९ उमेर समूहका २२.४ प्रतिशत महिलाले मात्र माध्यमिक तहभन्दा माथिको शिक्षा हासिल गरेका छन्  । 

    images
    images
    images

    त्यसैगरि १४ देखि ५९ उमेर समूहका ३१ प्रतिशत महिलाले कुनै पनि औपचारिक शिक्षा प्राप्त गर्न नसकेको लुम्बिनी प्रदेशले तयार पारेको २०७८ को तथ्यांकमा उल्लेख छ । वालिकाहरु वलविवाहको घेरामा पर्ने, महिलामाथि हुने संरचनागत तथा संस्कारगत विभेद कायमै रहेको, असमान शक्तिसम्बन्ध रहेको, लैंगिकतामा आधारित विभेद तथा हानिकारक अभ्यास हुने जस्ता कारणले पनि महिलाहरु शिक्षाको पहुचमा पुग्न सकेका छैनन । नेपालकै साक्षरता दर हेर्ने हो भने पनि शिक्षामा महिलाको पहुच कम नै देखिन्छ । 

    images
    images
    images

    नेपालको साक्षरता दरको कुल ७६.२४ प्रतिशत मध्ये ८३.४४ प्रतिशत पुरुषले लेखपढ गर्न जानेका छन् । भने ६९.३७ प्रतिशत महिलाले मात्र लेखपढ गर्न जानेका छन यो १७ प्रतिशतले कम हो । लुम्बिनी प्रदेशले आर्थिक बर्ष ०८०/०८१ को बार्षिक बजेटले लैंगिक समानता र समावेशिकरणलाई प्राथमिकतामा राखेको छ । जसले गर्दा शिक्षामा महिलाको पहुच बढ्न सक्न् सम्भावना देखिन्छ । 

    लुम्बिनी प्रदेशले लैंगिक समानतामा आधारित महिला, बालिका एवम् यौनिक तथा लैंगिक अल्फसंख्यक समुदायका व्यक्तिको सशत्तिकरण तथा विकासका लागि नीतिगत कानुनी तथा संरचनागत क्षमता सुदृण गर्ने लक्ष्य लिएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।