Logo

२०८३, आश्विन ९गते


images
images

मादक पदार्थ सेवन गरि झगडा नगर्न यूएईमा कार्यरत नेपालीलाई दूतावासको आग्रह

मादक पदार्थ सेवन गरि झगडा नगर्न यूएईमा कार्यरत नेपालीलाई दूतावासको आग्रह

images
  • मादक पदार्थ सेवन गरि झगडा नगर्न यूएईमा कार्यरत नेपालीलाई दूतावासको आग्रह
    images
    images

    रेशम अधिकारी, युएई । संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका नेपालीहरूले मादक पदार्थ सेवन गरेर झगडा गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै अबुधाबीस्थित नेपाली राजदूतावासले ध्यानाकर्षण गराएको छ।

    images
    images
    images

    दूतावासले साउन २२ गते सूचना जारी गर्दै त्यहाँ रहेका नेपालीलाई आफू बसेको र काम गर्ने ठाउँमा सभ्य व्यवहार गर्न आग्रह गरेको छ। यूएईका सम्बन्धित निकायले नेपालीहरूले मादक पदार्थ सेवन गरेर होहल्ला गरेको सूचना दूतावासलाई दिएको जनाएको छ।

    images
    images
    images

    राजदूतावासले यसअघि पनि दूतावास परिसरबाहिर मादक पदार्थ सेवन गरेर हुलहुज्जत गर्ने, अराजक व्यवहार गर्ने, र दूतावासको सुरक्षामा खटिएका सुरक्षाकर्मीमाथि समेत अपशब्द प्रयोग गर्ने काम भएको बताएको छ।

    images
    images
    images

    यूएई सरकारका तर्फबाट ड्युटीमा खटिएका सुरक्षाकर्मीहरूको सूचनाका आधारमा यूएई प्रहरीले सुरक्षाकर्मीलाई अपशब्द प्रयोग गर्ने नेपालीहरूलाई कारबाही गरेको समेत दूतावासले जारी गरेको सूचनामा उल्लेख छ।

    ‘यूएईको ऐन, कानुन, नियम, र मूल्य मान्यताको पूर्ण पालना गरी सोहीअनुरूप व्यवहार गरिदिनुहुन यूएईमा बस्नुहुने सम्पूर्णलाई राजदूतावास हार्दिक अनुरोध गर्दछ,’ दूतावासले भनेको छ।  

    453412393_3378007962507278_2608902441979355578_n.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।