Logo

२०८३, आश्विन ९गते


images
images

जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगितामा ग्रीन प्लान्ट प्रथम

जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगितामा ग्रीन प्लान्ट प्रथम

images
  • जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगितामा ग्रीन प्लान्ट प्रथम
    images
    images

    देवदह । रूपन्देहीको देवदहमा आयोजित जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगितामा ग्रीन प्लान्ट आवासीय माध्यमिक विद्यालय प्रथम भएको छ । शनिबार रोट्र्याक्ट क्लब अफ तिलोत्तमा देवदह र रोट्र्याक्ट क्लब अफ देवदह मेडिकल कलेजको संयुक्त आयोजनामा भएको निशा स्मृति जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगितामा देवदहको ग्रीन प्लान्ट स्कुल प्रथम भएको हो । 

    images
    images
    images

    प्रतियोगितामा रूपन्देही जिल्लाका सामुदायिक र संस्थागत विद्यालय गरी २१ वटा विद्यालय सहभागी थिए । पहिलो चरणमा छनोट भइ ६ वटा विद्यालय फाइनल पुगेकोमा २१५ अङ्क प्राप्त गर्दै ग्रीन प्लान्ट प्रथम भयो । 

    images
    images
    images

    प्रतियोगितामा एभरेस्ट इङ्लिस बोर्डिङ स्कुल बुटवल २०५ अङ्क प्राप्त गर्दै द्वितीय र न्यु होराइजन इङ्लिस बोर्डिङ स्कुल १५० अङ्क प्राप्त गर्दै तृतीय स्थान हासिल गरेका छन् ।

    images
    images
    images

    प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयलाई क्रमश: नगद रु १० हजार, ५ हजार र २५ सय सहित सिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरिएको कार्यक्रमका संयोजक तथा रोटट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का  डिस्ट्रिक्ट प्रमोसनल चेयर सुनिल गिरीले बताए ।

    प्रतियोगितामा विजेतालाई देवदह नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङ, रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का विक्रम क्षेत्री, देवदह मेडिकल कलेजका अध्यक्ष  गोपालबहादुर पोखरेल, रोटरी क्लब अफ पाल्पा लुम्बिनीका अध्यक्ष प्रदीप खनाल लगायतले पुरस्कार वितरण गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।