Logo

२०८३, आश्विन ९गते


images
images

दिनदिनै रेकर्ड तोड्दै बजार, सोमबार २७ अर्ब २९ करोडको कारोबार

दिनदिनै रेकर्ड तोड्दै बजार, सोमबार २७ अर्ब २९ करोडको कारोबार

images
  • दिनदिनै रेकर्ड तोड्दै बजार, सोमबार २७ अर्ब २९ करोडको कारोबार
    images
    images

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कारोबारमा नयाँ रेकर्ड कायम गरेको छ । आइतबारको रेकर्डलाई तोड्दै नेप्सेले सोमबार नयाँ रेकर्ड बनाएको हो ।

    images
    images
    images

    आइतबार २५ अर्ब ७७ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएकोमा आज सोमबार २७ अर्ब २४ करोड २९ लाख ३४ हजारा रुपैयाँ बराबरको कारोबार भएसँगै नयाँ रेकर्ड बनाएको हो ।

    images
    images
    images

    नेप्सेले नयाँ रेकर्ड बनाएसँगै बजार पनि सोमबार एकै दिन ७०.८१ अंकले वृद्धि भएको छ । नेप्से २.४७ प्रतिशतले वृद्धि हुँदा नेप्से सूचांक २९३१.६५ मा पुगेको छ ।

    images
    images
    images

    प्री-ओपन सेसनमा १३ अंकले बढेर सुरु भएको शेयर बजार बजार खुलेको केही समयमै उकालो लागेको थियो । बजार खुलेको १० मिनेटमा केही तल बजार झरेको भएपनि १२ः०६ सम्म भने बजार उकालो नै लागेको थियो ।

    १२:०६ बाट भने बजार झरेर २९ सय तल बजार झरेको थियो । आज ३ पटक २९ सय तल बजार झरेको थियो । अन्त्यमा भने बजार बन्द हुँदा भने बजार २९३० बिन्दुमै बन्द भएको छ । केही दिन देखि बजारले २८ सयको विन्दु पार गर्ने नसकि रहेको अवस्थामा आईतबार २८६० विन्दुमा बजार पुगेकोमा आज २९ सय समेत पार गरेको छ ।

    बजारमा उछाल आउँदा आज एकै दिन ६ करोड ४८ लाख ७६ हजार २१७ कित्ता सेयर किनबेच भएको छ । उच्च कित्ता कारोबार हूँदा १७१ वटा कम्पनीको शेयर मूल्य बढेको छ ।

    ६८ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने आज स्थिर रहेको छ ।

    उच्च कारोबारसहित शेयर बजारमा उछाल आउँदा पनि इन्भेष्टमेन्ट समूह र उत्पादन समूह राताम्य भएको छ । १३ वटा समूहमा २ समूहको परिसूचक घटे पनि अन्य समूहको परिसूचक भने बढेको छ । इन्भेस्टमेन्ट समूह ०.१९ प्रतिशतले घटेर ११६.५२ बिन्दुमा पुगेको छ भने उत्पादन समूह १.१९ प्रतिशतले घटेर ८२२९.३२ बिन्दुमा पुगेको छ ।

    प्रतिशतका आधारमा सोमबार सबैभन्दा बढी जिवन बीमा समूह ५.८५ प्रतिशत र फाइनान्स समूह ४.८१ प्रतिशतले बढेको छ ।

    त्यस्तै ट्रेडिङ ४.१३, विकास बैंक ३, हाइड्रो ३.४३, वाणिज्य बैंक २.९५, होटल एण्ड टुरिजम २.९४, लघुवित्त १.०८, म्यूचअल फण्ड ०.९३, निर्जीवन बीमा २.९७ र अन्य समूह १ प्रतिशतले बढेको छ ।

    सोमबार ३३९ वटा कम्पनीको शेयर २ लाख ८३ हजार ४७ पटक किनबेच भएको छ । आज १९ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने थप २ कम्पनीको शेयर मूल्य ८ प्रतिशत भन्दा बढीले बढेको छ ।

    शेयर बजारमा उच्च वृद्धिसँगै ब्रोक हाउसमा पनि लगानीकर्ताको भिड बढ्न थालेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।