देवदह । रूपन्देहीको देवदह –७ मा अवस्थित देवदह इंलिस बोर्डिङ हाई स्कूलमा कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ ।
नियमित अतिरिक्त क्रियाकलाप अन्र्तगत विद्यालयमा क्रियाशील सुनौलो बाल क्लबको आयोजनामा अन्तरसदनात्मक र कक्षागत नेपाली भाषामा कविता वाचन प्रतियोगिता सम्पन्न भएको विद्यालयले जनाएको छ ।
तहगत रुपमा सञ्चालन भएको कविता वाचन प्रतियोगितामा मेरो विद्यालय शिर्षकमा कक्षा १ र २ बाट रुही सिंह प्रथम, सुधा काफ्ले द्धितिय, साइमन पाठक तृतिय र युजल गौतमले सान्त्वना स्थान हासिल गर्न सफल भएका थिए
त्यसैगरि मेरो देश शिर्षकमा कक्षा ३ र ५ बाट शशिका खनाल, आकृति काफ्ले, प्रसन्न श्रीस निर्जला रिजाल क्रमशः प्रथम, द्धितिय तृतीय सान्त्वना स्थान हासिल गरेका थिए ।
कक्षा ५ देखि ७ सम्म सञ्चालित अन्तरसदनात्मक प्रतियोगितामा मेरो नगरपालिका शिर्षकमा भएको कविता वाचन प्रतियोगितामा प्रथम निलो सदनका प्रज्वल देवकोटा, रातो सदनकी लक्ष्मी तिवारी द्धितिय, रातो सदनकी रचना थापा तृतिय र हरियो सदनबाट सिम्रन रेग्मीले तृतिय स्थान हासिल गरेका थिए । मेरो प्रदेश शिर्षकमा भएको कक्षा ८ देखि १० सम्म सञ्चालित कविता वाचन प्रतियोगितामा पहेलो सदनका शेखर पाण्डे प्रथम, रातो सदनका प्रशान्त देवकोटा द्धितिय, रातो सदनकी प्रमिशा न्यौपाने तृतिय र पहेलो सदनका जीवन वस्यालले सान्त्वना स्थान प्राप्त गरेका थिए ।
सुनौलो बाल क्लबका अध्यक्ष समन हमालको अध्यक्षता, विद्यालयका संस्थापक प्राचार्य विष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा विद्यार्थी विवेक न्यौपानेले सञ्चालन गरेका थिए भने निर्णायकको भूमिका सह प्राचार्य विष्णु प्रसाद अर्याल र शिक्षक माधव भट्टराईले निर्वाह गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology