Logo

२०८३, आश्विन ९गते


images
images

देवदह बोर्डिङमा अंग्रेजी श्रुतिलेखन र हाजिरीजवाफ प्रतियोगिता

देवदह बोर्डिङमा अंग्रेजी श्रुतिलेखन र हाजिरीजवाफ प्रतियोगिता

images
  • देवदह बोर्डिङमा अंग्रेजी श्रुतिलेखन र हाजिरीजवाफ प्रतियोगिता
    images
    images

    देवदह । देवदह इङ्लिस् बोर्डिङ हाई स्कूलले साप्ताहिक अतिरिक्त क्रियाकलाप कार्यक्रमअन्तर्गत अंग्रेजी श्रुतिलेखन र हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । शुक्रवार विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिता रहेको विद्यालयले जनाएको छ ।

    images
    images
    images

    कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरूबीचको अंग्रेजी श्रुतिलेखन प्रतियोगितामा कक्षा १ का प्रिन्सा चापागाईं प्रथम, सोफिया थापा द्वितीय र सृष्टिका बस्याल तृतीय घोषित भए । कक्षा २ बाट श्रृजन साहु प्रथम, अनुमिता मण्डल द्वितीय तथा मुस्कान थापा र प्रयुष सापकोटा तृतीय भएका थिए । त्यसैगरी, कक्षा ३ बाट अर्पण चापागाईं प्रथम, सर्जक चापागाईं द्वितीय र संस्कार खनाल तृतीय बने ।

    images
    images
    images

    अन्तरसदनात्मक हाजिरीजवाफ (जुनियर–कक्षा ४ देखि ६ सम्म) प्रतियोगितामा ब्लु हाउसका रोशनी भट्राई, दिक्षान्त पाण्डे र खुसी काफ्ले प्रथम, एल्लो हाउसका अभिनव बोहरा, सृष्टि काफ्ले र जिवीका बस्याल द्वितीय स्थानमा रहे ।

    images
    images
    images

    यस्तै, कक्षा ७ देखि ९ सम्मका विद्यार्थीहरूबीचको अन्तरसदनात्मक हाजिरीजवाफ प्रतियोगितामा ब्लु हाउसका एलिना गाहा, आभाष कुँवर र निशिका न्यौपाने प्रथम, रेड हाउसका लक्ष्मी तिवारी, यसराज अधिकारी र रामकिशन पासी द्वितीय स्थानमा घोषित भएका थिए ।

    कार्यक्रम विद्यालयका कार्यवाहक प्राचार्य मनबहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो । विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक सोनिया खनालको सहजीकरण र शिक्षक समिर डुम्रेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको विद्यालयले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।