देवदह । रुपन्देहीको देवदह -७ पिपलडाडा स्थितदेबदह ई. बो. स्कुलमा साप्ताहिक रुपमा सञ्चालन गरिने अतिरिक्त क्रियाकलाप अन्तर्गत तहगत नेपाली हस्तलेखन प्रतियोगिता सम्पन्न भएको छ ।
जसअन्तर्गत सब जुनियर तर्फ कक्षा २ देखि ४ सम्म सञ्चालन भएको हस्तलेखन प्रतियोगितामा कक्षा ४ लिलीबाट प्रथम शसिका खनाल, द्वितीय कक्षा ३ लिलीबाट साइमन थापा तृतीय ४ रोजबाट दिप्सना थापा भएका थिए ।
त्यसैगरि प्रतियोगितामा जुनियर तर्फ ९कक्षा ५ देखि ७० प्रथम अनुप परियार कक्षा ६ रोज द्वितीय सृष्टि काफ्ले ५ लिली , तृतीय कसीस थापा मगर सात रोज भएका थिए ।
सियिनर तर्फ ८ देखि १० सम्म कक्षा नौ लिलीकि सिम्रन गुरुङ्ग प्रथम, १० लिलीकी सोडिमा लामिछाने द्वितीय र १० रोजका शिखर पाण्डे तृतीय भएका थिए ।
कार्यक्रम विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक सोनिया खनालको सहजिकरणमा सञ्चालन भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology