Logo

२०८३, आश्विन ९गते


images
images

नेशनल प्याब्सन लोकनृत्य तथा गायनको उपाधि देवदह बोर्डिङ र न्यु नमुना स्कुललाई 

नेशनल प्याब्सन लोकनृत्य तथा गायनको उपाधि देवदह बोर्डिङ र न्यु नमुना स्कुललाई 

images
  • नेशनल प्याब्सन लोकनृत्य तथा गायनको उपाधि देवदह बोर्डिङ र न्यु नमुना स्कुललाई 
    images
    images

    बुटवल, २८ मंसिर । नेशनल प्याब्सन जिल्ला स्तरीय लोक नृत्य तथा गायन प्रतियोगिताको उपाधि देवदह बोर्डिङ स्कुल र न्यु नमुना बोर्डिङ स्कुल देवदहले जितेका छन् । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियशन नेपाल नेशनल प्याब्सन रुपन्देहीको आयोजनामा भएको लोक नृत्य तथा गायन प्रतियोगितामा नृत्यतर्फ देवदह बोर्डिङले र गायनतर्फ न्यु नमुना बोर्डिङले उपाधी जितेकी हुन् । 

    images
    images
    images

    नृत्यतर्फ विजयी हुने समुहले नगद १० हजार तथा गायनतर्फ विजयी न्यु नमुनाका विद्यार्थी स्पर्श अधिकारीले ५ हजार नगद शिल्ड तथा प्रमाणपत्र हात पारिन् ।  नृत्य तथा गायन प्रतियोगितामा ढाई दर्जनबढी प्रतिप्रर्धी विद्यार्थीहरुलाई पछिपार्दै उनीहरुले उपाधि उचालेका हुन् । 

    images
    images
    images

    प्रतियोगितामा नृत्यतर्फ १६ समुह र गायनतर्फ १३ जना विद्यार्थीले प्रतिस्प्रर्धा गरेका थिए । प्रतियोगितामा नृत्यतर्फ स्कलर्स होम बुटवल द्वितीय, न्यु नमुना तृतिय र लुम्विनी बोर्डिङले प्रोत्साहन पुरस्कार जितेको नेशनल प्याब्सनका सहसचिव विनोद थापाले जानकारी दिए । उनीहरुले क्रमश ७ हजार, ५ हजार र ३ हजार नगद शिल्ड तथा प्रमाणपत्र हात पारे । यस्तै गायनतर्फ ग्यालेक्सि बोर्डिङ बुटवलका विद्यार्थी अमन काफ्ने द्वितीय, स्कलर्स होम बोर्डिङ स्कुल बुटवलका विद्यार्थी रेनुका सुनार तृतिय र एचिभर्स एकेडेमीका विद्यार्थी निनिशा थापाले प्रोत्साहन पुरस्कार हात पारिन् ।  उनीहरुले क्रमश ३ हजार ५ सय, २ हजार र १ हजार नगद शिल्ड तथा प्रमाणपत्र हात पारेको सहसचिव थापाले जानकारी दिए । 

    images
    images
    images

    नेशनल प्याब्सनका जिल्ला अध्यक्ष पुरुषोत्तम बस्यालको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै उर्जा तथा सिचाई मन्त्री बिर बहादुर रानाले शैक्षिक जगतमा ठुलो लगानी निजी क्षेत्रले गरेकाले शैक्षिक लगानी सुरक्षाका लागि सरकार सकारात्मक रहेको बताए । शैक्षिक जनशक्ति उत्पादनमा निजीले पुर्याएको योगदानको चर्चा गर्दै उनले सरकारले शिक्षामा विभेदकारी नीति ल्याउन नहुने बताए  । शैक्षिकसँगै अतिरिक्त कृयाकलापमा विद्यार्थीको सहभागिताले बौद्धिकसँगै दक्षताअभिवृद्धिमा महत्वपुर्ण भुमिका खेल्ने भएकाले समयसमयम गायन, नृत्य लगायतका अतिरिक्त कृयाकलापमा विद्यार्थीको रुची र सहभागिता बढाउन पर्नेमा जोड दिए  ।

    नेशनल प्याब्सनका सचिव बाबुराम बन्जाडेको संचालनमा भएको कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रीय सचिव कृष्णप्रसाद पौडेल, केन्द्रीय सदस्य देउप्रकाश राई, बालाकृष्ण तिवारी, विष्णुप्रसाद पौडेल, प्रदेश सहसचिव जेबी क्षेत्री, उपाध्यक्ष विल गुरुङ, सल्लाहकार राजु गुरुङ्ग, तिलब केसी, कोषाध्यक्ष अमरनाथ पाठक लगायतले विजयी विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिएका थिए । 

    नृत्यकार अनु रजक, संगितकर्मी दिपक श्रेष्ठ, बसन्त श्रेष्ठले निर्णायक रहेको  कार्यक्रममा लोक गितमा साँस्कृतीक नृत्य तथा नेपाली विभिन्न गीतमा विद्यार्थीहरुले आआफ्नो प्रतिभा सहित प्रतिस्प्रर्धा गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।