Logo

२०८३, आश्विन ९गते


images
images

६ दिनमा २१८ अङ्कले घट्यो बजार, लगातार किन ओरालो ?

६ दिनमा २१८ अङ्कले घट्यो बजार, लगातार किन ओरालो ?

images
  • ६ दिनमा २१८ अङ्कले घट्यो बजार, लगातार किन ओरालो ?
    images
    images

    काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक (नेप्से) ११२ अङ्कले घटेको छ । २८९९ बिन्दुबाट सुरु भएको बजार सामान्य उतारचढावका बिच घटेर २७८२.६० बिन्दुमा पुगेर कारोबार बन्द भएको हो । 

    images
    images
    images

    पछिल्ला केही दिनदेखि सेयर बजार भारी अङ्कले घट्न थालेको छ । असार ३१ गते ३००० बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो । भदौ २ गते, आइतबार ३४ अङ्कले घट्दै परिसूचक १९६६ बिन्दुमा ओर्लियो ।

    images
    images
    images

    त्यसपछिका दुई कारोबार दिनमा नेप्से स्थिरजस्तै देखियो । गएको आइतबार फेरि ८० अङ्कले बजार घट्यो । आज ११२ अङ्कको गिरावट देखियो । 

    images
    images
    images

    यसरी बजार घट्नुपर्ने कुनै नीतिगत फेरबदल भएको छैन । सरकार सेयर बजारमैत्री छ । मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले संस्थागत सेयर धितो कर्जाको क्याप हटाएर झन् सहज बनाएको छ । बैंकमा प्रशस्त पैसा छ । 

    तर पनि बजार किन ओरालो लाग्न थालेको छ ? सेयर लगानीकर्ता छोटेलाल रौनियार यसअघि नघटीकन लगातार ९९५ अङ्क बढेकाले केही दिन ‘करेक्सन’ मा गएको बताउँछन् । ‘लगातार बढेको बेला लगानीकर्ताहरू नाफा बुक गर्न थालेकाले घट्नुको एउटा कारण हो,’ उनी भन्छन्, ‘अरू त घट्नुपर्ने कुनै कारण छैन । सबै हिसाबले बजारमैत्री नै देख्छु ।’

    उनका अनुसार एक चरणमा नाफा कमाइसकेकाले नाफा बुक गर्न थाल्दा बजारमा थोरै करेक्सन आउनु सामान्य नै हो । 

    परिसूचकमा भारी अङ्कको गिरावट आए पनि कारोबार रकम भने सुखद देखिएको छ । आज, मंगलबार ३३० कम्पनीको ४३ लाख ८६ हजार कित्ता सेयर खरिदबिक्री हुँदा १८ अर्ब ६४ करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ । यसकारण नाफा बुक नै बजार घट्नुको मुख्य कारण भएको रौनियारको भनाइ छ । 

    मनोवैज्ञानिक कारणले पनि सेयर बजारमा प्रभाव पार्ने गरेको रौनियार बताउँछन् । उनी भन्छन्, ‘हल्लाको पछाडि लाग्ने र हल्लाकै भरमा किन्ने बेच्नेले पनि केही प्रभाव पारेको हो । तर अहिले घट्नुपर्ने अन्य कारण नभएकाले केही दिनमा बजार फेरि उकालो यात्रामा जान्छ ।’ 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।