राजेश पराजुली,पोखरा । तनहुँको व्यास नगरपालिका-१२ घाँसीकुवामा आज बिहान गएको पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण गएको पहिरोले घाँसीकुवा-डुम्रे खण्ड अवरुद्ध भएको हो ।
लेदो सहितको पहिरो हटाउने काम भइरहेको छ । छिट्टै एकतर्फी सञ्चालन गर्ने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।
वर्षा नरोकिएकाले समस्या भएको प्रहरीको भनाइ छ । यसै ठाउँमा गत साउनमा ठूलो पहिरो खस्दा पन्छाउन दुई दिन लागेको थियो ।