Logo

२०८३, श्रावण ३०गते


images
images

पोखरा महानगरपालिका र जापानको होकुतो सहर बिच पर्वतीय नगर भगिनी सम्बन्ध कायम

पोखरा महानगरपालिका र जापानको होकुतो सहर बिच पर्वतीय नगर भगिनी सम्बन्ध कायम

images
  • पोखरा महानगरपालिका र जापानको होकुतो सहर बिच पर्वतीय नगर भगिनी सम्बन्ध कायम
    images
    images

    राजेश पराजुली, पोखरा । पोखरा महानगरपालिका र जापानको होकुतो सहर बिच पर्वतीय नगर मित्रता (भगिनी सम्बन्ध) कायम भएको छ । सो सम्बन्धी सम्झौता पत्रमा पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्य र जापानको यामानासी प्रिफेक्चर स्थित होकुतो नगरका नगर प्रमुख एइजी उएमुराले हस्ताक्षर  गरे ।

    images
    images
    images

    दुवै नगरहरूबिच मैत्रीपूर्ण सम्बन्ध, पारस्परिक विश्वास र सम्मानको आधारमा पर्वतीय नगर मित्रता कायम गरिएको पोखरा महानगर पालिकाका नगर प्रमुख आचार्यले बताए । उनका अनुसार दुवै सहरहरूका नागरिकहरू एक अर्काको पर्वतीय भूगोल, संस्कृति र इतिहासलाई सम्मान गर्दै भविष्यमा हुने द्विपक्षीय सहयात्रालाई आपसी हित, विकास साझेदारी र जनसम्बन्धको आयामका आधारमा प्रभावकारी बनाउँदै अगाडी बढाउन प्रतिबद्ध रहनेछन् ।

    images
    images
    images

    ‘पोखरा महानगरपालिकाको अन्तर्राष्ट्रिय नगरसँगको भगिनी सम्बन्ध जापानको कोमागानेसँग सन् २००१ मा कायम गरिएको थियो, त्यसको निरन्तरताले विदेशका विभिन्न १४ वटा सहरसँग पोखराको मितेरी साइनो जोडिएको छ, नगर प्रमुख आचार्यले भने, पछिल्लो पटक १५ औँ अन्तर्राष्ट्रिय नगरका रूपमा जापानको होकुतो नगरसँग हामीले नयाँ सम्बन्धको सुरुवात गरेका छौँ, यसले पोखरा जस्तै हिमालको काखमा रहेको होकुतोसँग पर्वतीय संस्कृति, रहनसहन र समग्र पर्यटन विकासका असल अभ्यासहरूको आदानप्रदानमा महत्त्वपूर्ण योगदान पुग्नेछ ।’ प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनको सङ्गम पोखरा र होकुतो बिच कायम गरिएको मित्रताले दुवै सहरको पर्वतीय पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुग्ने उनले विश्वास व्यक्त  गरे ।

    images
    images
    images

    अन्तर्राष्ट्रिय मैत्रीभावद्धारा प्रेरित भई दुवै सहरका नागरिकहरू बिच मैत्रीपूर्ण भावनाको विकास गर्दै शिक्षा, स्वास्थ्य, संस्कृति, पर्यटन र पूर्वाधारको विकासमा आपसमा सहकार्य सहित दुई पक्षीय सांस्कृतिक अनुभव, ज्ञान सीप र प्रविधिको आदान प्रदानलाई महत्वका साथ अगाडी बढाउन आफूहरूका बिचमा समझदारी भएको होकुतो नगरका नगर प्रमुख उएमुराले बताए ।

    पोखरा महानगरपालिकाका उपप्रमुख मन्जुदेवी गुरुङले पोखरा र होकुतो नगरका बिचमा अनुभव आदान प्रदान र नयाँ सिकाइका लागि यो सम्बन्धले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । पोखरा महानगरपालिका वडा नं २ का वडा अध्यक्ष दिवसमान प्रधानाङ्गले पर्वतीय पर्यटनको प्रवर्द्धन नयाँ उचाइमा पुग्ने धारणा व्यक्त  गरे ।

    कार्यक्रमका लागि जापानबाट यामानासी प्रिफेक्चरका सभामुख मासाहितो उजुकी, सांसद फुजिमोतो योसिहिको, नेपाल जापान फ्रेन्डिसिप एसोसिएसनका हिरोमी इसिकावा लगायतको उपस्थिति रहेको थियो । पोखरा महानगरपालिकाले हालसम्म विदेशका १३ र देशभित्रमा २ वटा नगरसँग मितेरी सम्बन्ध कायम गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखरा महानगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।