Logo

२०८३, कार्तिक २८गते


images
images

प्यूठानमा फाइजर–बायोएनटेक खोप अभियान भदौ २६ देखि

प्यूठानमा फाइजर–बायोएनटेक खोप अभियान भदौ २६ देखि

images
  • प्यूठानमा फाइजर–बायोएनटेक खोप अभियान भदौ २६ देखि
    images

    सन्तोष सुनार, प्यूठान । प्यूठानमा कोरोना भाइरस विरुद्धको फाइजर–बायोएनटेक खोप अभियान यहि भदौ २६ देखि ३१ गतेसम्म हुदै छ । आईतबार  स्वास्थ्य कार्यालय प्युठानले संचारकर्मीहरूसँग अभिमुखीकरण कार्यक्रम गरी  ६ दिनसम्म चल्ने खोप अभियानबारे जानकारी गराएको  हो  । 

    images
    images
    images

    खोप १२ वर्ष माथिका उमेरका  मानिसलाई लगाइने स्वास्थ्य कार्यालय प्युठानका निमित्त कार्यालय प्रमुख मधुसूदन खड्काले जानकारी दिए । 

    images
    images
    images

    प्युठानमा ४० हजार डोज फाइजर–बायोएनटेक खोप उपलब्ध भएको  छ । 

    images
    images

    यो खोप सुरुमा गाउगाउमा रहेका प्रत्येक खोप केन्द्रमा अभियानको टोली पुग्ने योजना बनेको  स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।  

    खोपको अन्तिम दिन सबै संस्थाहरुमा लगाईने समेत बताइएको छ  । खोप लगाउन जनशक्ति परिचालनमा एक खोप केन्द्रमा एक जना खोप दिने  स्वास्थ्यकर्मी, दुईजना स्वयंसेवक ( एकजना महिला अनिवार्य) र प्रत्येक  स्वास्थ्य संस्थाबाट  खोप केन्द्र ए.एफ.आई अनुगमनका लागी  एक जना  स्वास्थ्यकर्मी तोकिएको निमित्त कार्यालय प्रमुख खड्काले बताए ।  

    यो खोप बायाँ पाखुराको  बाहिरी माथिल्लो भागको   ०.३ मि.लि. मात्रा मासुमा दिइने छ ।  पहिलो मात्रा खोप लगाएपछि गम्भीर प्रकारको एलर्जी भएका व्यक्ति, खोपमा रहेको कुनै तत्त्वसँग एलर्जी भएका व्यक्तिलाई र  तिन महिना पुरा नभएका गर्भवती महिलाहरुलाई भने दिन नमिल्ने निमित्त कार्यालय प्रमुख खड्काले बताए । 

    विश्व स्वास्थ्य सङ्गठनले आपत्कालीन प्रयोगका लागि सूचिकृत गरेको र औषधि व्यवस्था विभागले अनुमति दिएको जनसङ्ख्या मन्त्रालयले खोप तालिका बनाएर अभियान सुरु गरेको हो । 

    यो खोपको प्रभावकारीता ९१ प्रतिशत रहेको अध्ययनले बताएको छ । एक पटक पनि  बुस्टर डोज नलगाएका  र १२ वर्षमाथिका उमेर समुहका  मानिसलाई खोप अभियानमा  अनिवार्य सहभागी हुन् स्वास्थ्य कार्यालय प्यूठानले आग्रह गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # फाइजर–बायोएनटेक खोप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।