श्याम मौर्या, काठमाडौं । भदौ १४ गते सोमबारका दिन परेको श्री कृष्ण जन्माष्टमीको दिन देशभर सार्बजनिक बिदा हुने भएको छ ।
मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको गृहमन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ । 
हिन्दुधर्मालम्वीहरुले भदौ १४ गते सोमबारका दिन धुमधामकासाथ श्री कृष्ण जन्माष्टमी मनाउदैछन् ।
हरेकबर्ष भदौ कृष्ण पक्षको अष्टमीतिथिमा मनाईने श्री कृष्ण जन्माष्टमीका अवसरमा सरकारले बिदा दिने निर्णय गरेका हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology