Logo

२०८३, कार्तिक २८गते


images
images

काठको कोसी बोकेर दशैं खर्च लिन मुख्यमन्त्री कार्यालयमा

काठको कोसी बोकेर दशैं खर्च लिन मुख्यमन्त्री कार्यालयमा

images
  • काठको कोसी बोकेर दशैं खर्च लिन मुख्यमन्त्री कार्यालयमा
    images

    दाङ । शिरमा ढाका टोपी । खुट्टामा प्लास्टिकको चप्पल । पिठ्यूमा भारी । उमेरले ६० बर्ष पुगेका दिलबहादुर शाही बुधवार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेट्न प्रदेश राजधानी राप्ती उपत्यका देउखुरी आइपुगे । 

    images
    images
    images

    सुर्खेतमा बस्दै आएका शाहीले दसैं खर्चका माग्न आउँदा मुख्यमन्त्रीलाई हातले बनाएको काठको कोसी उपहार दिए ।

    images
    images
    images

    ‘यो काठको कोसी हो । हातैले बनाएको । यस्तो कोसी बनाउन थालेको धेरै भइसक्यो’ उनले भने, ‘मुख्यमन्त्री ज्यू, दसैं त आईहाल्यो त । खर्च चाहियो ।’ 

    images
    images

    दसैं खर्च माग्न यसपाली शाही एक्लै लुम्बिनी प्रदेशसम्म आएका छन् । ‘साथिहरु आउन थालेका थिए । गाडी चढ्न डराए’ उनले भने,‘ मरे मै मरुला भनेर आएँ ।’ 

    राउटे समुदायका व्यक्तिलाई सरकारले सामाजिक सुरक्षा भत्ता दिदै आएको छ । उनीहरू मासिक चार हजार रुपैयाँ भत्ता बुझ्दै आएका छन् । 

    उनीहरू हरेक बर्ष दसैंको खर्चको लागी प्रदेश सरकारमा धाउदै आएका छन् । 

    मुख्यमन्त्री आचार्यले राम्रोसंग दसैं मनाउन दिलबहादुर मार्फत राउटे समुदायलाई सन्देश पठाएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।