नुवाकोट । युवा राजनीतिक बिश्लेषक तथा कवि रामचन्द्र तिम्सिना 'आवाज' ले आफ्नो पहिलो प्रकाशित कृति 'भेंडाहरुको शहर' को १० प्रति आफुले अध्ययन गरेको विद्यालय ग्रामसेवा माध्यमिक बिद्यालयको पुस्तकालयलाई हस्तान्तरण गरेका छन । बुधबारमात्र एक कार्यक्रम विच प्रा. डा. देवी नेपालद्वारा बिमोचन गरिएको उक्त कृति बिद्यालयका प्रधानाध्यापक सिंहमान तामाङ्ग र लेखापाल केशव डंगोललाइ हस्तान्तरण गरिएको हो ।
नियमित लेख तथा कथा, गजल अनि कविता सृजना गर्ने साहित्यकार तिम्सिनाका उत्कृष्ट ३१ ओटा कविता समेटिएको उक्त पुस्तक साहित्य संगम, नुवाकोटले प्रकाशन गरेको हो ।
समाजमा घट्ने र घटिरहेका बिषयबस्तुमा साहित्यरस मिसाएर कृति लेख्ने उच्च क्षमता भएका तिम्सिनाले 'भेंडाहरुको शहर' मार्फत हामी मान्छे कम र भेंडा बढी हुदै गइरहेको तितो यथार्थलाई कवितामा उतारेका छन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology