Logo

२०८३, आश्विन १०गते


images
images

आइसिसी विश्व कप लिग-२: नेपालको लगातार तेस्रो हार

आइसिसी विश्व कप लिग-२: नेपालको लगातार तेस्रो हार

images
  • आइसिसी विश्व कप लिग-२: नेपालको लगातार तेस्रो हार
    images
    images

    काठमाडौं । नेपालले आइसिसी विश्व कप लिग-२ को तेस्रो खेलमा पनि हार ब्यहोरेको छ । आज विहान सम्पन्न खेलमा घरेलु टोली क्यानडासँग नेपाल पाँच विकेटले पराजित भएको हो ।

    images
    images
    images

    एक सय ८२ रनको लक्ष्य पछ्याएको क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाएर एक  सय ८६ रन बनाउँदै लक्ष्य पूरा गरेको थियो ।

    images
    images
    images

    क्यानडाको किङ सिटीमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४६.१ ओभरमा अल आउट हुँदै एक सय ८१ रन मात्र बनाएको थियो ।

    images
    images
    images

    टोलीका लागि सन्दीपले ४८ बलमा सर्वाधिक ४९ रन जोडेका थिए । सन्दीपले ५ चौका र १ छक्का प्रहार गरेका थिए । गुलशन झाले ५६ बलमा ३४ रन बनाएका थिए ।

    सोमपाल ४८ बलमा २१ रन बनाउदै साद विन जाफरको बलमा आउट भएका थिए । ओपनर अर्जुन साउदले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    करण केसी र सन्दीप लामिछानेले नवौं विकेटका लागि ३९ रनको साझेदारी गरेका थिए । करणले २८ बलमा २४ रन बनाएका थिए ।

    क्यानडाका लागि कलिम सानाले ३, हर्ष ठाकरले २ तथा सादविन जाफर, डिलोन हेलिगर र प्रविन कुमारले समान १ विकेट लिए । यसअघिका खेलमा नेपाल क्यानडासँग एक सय ३ तथा ओमानसँग १ विकेटले पराजित भएको थियो ।

    अब नेपालले सोमबार (आज) ओमानसँग खेल्नेछ । आठवटा टोलीको सहभागिता रहेको लिग टुमा १४ अंकका साथ क्यानडा शीर्ष स्थानमा छ । सात खेलमा दुई अंकका साथ नेपाल अंकतालिकाको पुछारबाट दोस्रोमा छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आइसिसी विश्व कप लिग-२
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।