कञ्चन । रुपन्देहीको कञ्चन गाउँपालिका फुटवल खेलाडीहरुका लागि उर्वर भूमी हो । एकपछि अर्को गर्दै यहाँ बिभिन्न संघ संस्थाहरुको आयोजनामा फुटवल प्रतियोगिता सञ्चालन हुदै आइरहेको छ । हुन त कञ्चन हरेक खेलकुदहरुका लागि समेत उर्वरभूमी मानिन्छ ।
यसैक्रममा चाँदनी युवा क्लव, कञ्चन १ दानापुरको आयोजनामा यही असोज १० गतेदेखि फुटवलको अर्को महासंग्राम हुँदैछ अन्तिम तयारी चलिरहेको प्रतियोगितामा रुपन्देही, कपिलबस्तु र नवरलपरासीका उत्कृष्ट फुटवल टिमहरुले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा विजेता टिमले एक लाख ५० हजार रुपैंया, सहित चाँदनी कप, मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ ।
प्रतियोगितामा उपविजेता टिमले ७५ हजार रुपैया सहित कप र मेडल पाउने क्लवका अध्यक्ष निमप्रसाद थापाले जानकारी दिए । यस्तै सेमीफाइनलमा पुग्ने अन्तिम २ टिमलाई समेत सान्तवना पुरस्कारको रुपमा जनही १० हजार एक सय पाँच रुपैंया दिईने अध्यक्ष थापाले बताए । यसैगरी प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने ५ विधाका खेलाडीहरुले जनही ५ हजार रुपैया नगद पुरस्कार पाउने खेल संयोजक रेम बहादुर पुनले जानकारी दिए ।
कञ्चनमै दुई साता अघि गौतमबुद्ध सामुदायिक बिकास केन्द्र, कञ्चन ५ को आयोजनामा एक लाख रुपैंया पुरस्कार राशि भएको प्रथम गौतमबुद्ध कप सम्पन्न भएको थियो । यसरी दोहोरिएर प्रतियोगिता सञ्चालन हुनु खेलाडीहरुका लागि व्यावसायिक बन्ने ठूलो अवसर पनि हो ।
कञ्चनमा फुटवल बाहेक भलिवल, क्रिकेट, ब्याडमिण्टन, खो खो र कबड्डी लगायतका प्रतियोगिताहरु पनि सञ्चालन हुने गरेका छन । फुटवल पछि ब्याडमिण्टन र भलिवल प्रतियोगिता हुनु कञ्चनको बिशेषता जस्तै बनेको छ । त्यसैको शिलशिला हो, आठौं संस्करणको रुपमा संचालन हुन लागेको चाँदनी कप फुटबल प्रतियोगिता २०८१ । कञ्चन १ दानापुर खेल मैदानमा हुने यो प्रतियोगिता कञ्चनको खेल इतिहासमा दोश्रो ठूलो पुरस्कार राशि सहितको फुटवल प्रतियोगिता हो । हरेक बर्ष शिवरात्रीको अवसरमा कञ्चन ४ को हिमालय खेलमैदानमा दुई लाख ५० हजार रुपैंया राशिको कञ्चन कप हुनेगरेको छ । जसलाई हिमालय सामुदायिक विकास केन्द्रले आयोजना गर्दै आइरहेको छ ।
विगत ७ बर्ष अघि देखि निरन्तर रुपमा सञ्चालन हुँदै आइरहेको चँदनी कपले २ बर्ष निरन्तरता पाउन सकेन । तर यसबर्ष आठौंं संस्करणको रुपमा सञ्चालन हुन लागेको प्रतियोगितालाई व्यवस्थित रुपमा सम्पन्न गर्न विगतका अनुभवहरुलाई समेत आत्मसाथ गर्दै स्थानीय र विभिन्न संघ संस्था तथा सहयोगदाताहरुसंगको सहकार्यलाई जोड दिइएको छ ।
विजया दशमीको अवसरमा आयोजना गर्न लागिएको प्रतियोगितामा टिम दर्ता शुल्ःक १० हजार एक सय पाँच रुपैंया रहेको छ भने फिफा नियम अन्तर्गत रहेर खेल संचालन हुने आयोजकले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology