देवदह । शिवालय टोल विकास संस्था देवदह–६ को आयोजनामा टोलवासी र जनप्रतिनिधिहरु विच अन्तरक्रिया सम्पन्न भएको छ ।
“टोल बनाउनुनै देशको जग बसाउनु हो” भन्ने मुल नारा सहित गरिएको कार्यक्रमका सहभागिहरुले स्थानीय निकायले गर्ने हरेक कार्यक्रममा टोल विकास संस्थाको सहभागिता रहनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका नगर प्रवक्ता गणेश डुम्रेले नगरका कार्यक्रमहरुलाई प्रभवकारी कार्यान्वयनको लागि टोलविकास संस्थाहरु उपयुक्त माध्यम रहेको बताए । “टोल विकास संस्थालाई स्थानीय भुगोल र वस्तुस्थिति वारे थाहा हुनेगर्छ, त्यसैले उनीहरु मार्फत गरिने कार्यक्रमहरु सफल हुन्छन् ।” उनले भने “विकासमा नागरिकको सहभागिता अनिवार्य हुनेभएकाले पनि दिगो विकासका लागि स्थानीय निकाय र टोलविकास संस्थाको सम्बन्ध अन्योन्याश्रीत हुनुपर्छ ।”
वडा नं ६ का अध्यक्ष खेमबहादुर थापाले वडा कार्यालयले टोल विकास संस्थाहरुसंग हरेक समयमा सहकार्य गरिरहेको र आगामी दिनमा समेत त्यसलाई निरन्तरता दिने बताए । काम गर्ने सवालमा कमीकमजोरी हुने भएपनि आफुले त्यसलाई नदोहो¥याउने प्रतिवद्धता जनाए ।
कार्यक्रममा पुर्व वडाअध्यक्ष दामोदर क्षेत्री, वडा सदस्य खेमनारायण अधिकारी, शिवालय सामुदायिक वनका अध्यक्ष रामचन्द्र पौडेल, धनबाहादुर विक, खेती कुमारी क्षेत्री, दीपा आचार्य, पानमती विश्वकर्मा लगाएतले स्थानीय समस्या र जनप्रतिनीधिहरु प्रति नागरीक तहका प्रतिनीधिमुलक समस्याहरुबारे जानकारी गराएका थिए ।
टोल विकास संस्थाका अध्यक्ष गणेश बस्यालको अध्यक्षता, उपाध्यक्ष मिलन मास्की रानाको स्वागत र सचिव यमुना अधिकारीको संचालनमा अन्तरक्रिया भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology