Logo

२०८३, आश्विन ९गते


images
images

काराबाओ कप : आर्सलनको फराकिलो जित

काराबाओ कप : आर्सलनको फराकिलो जित

images
  • काराबाओ कप : आर्सलनको फराकिलो जित
    images
    images

    काठमाडौं । काराबाओ कप (इएफएल) फुटबलमा आर्सनलले फराकिलो जित निकालेको छ । गएराति भएको खेलमा बोल्टन वान्डरेसलाई ५–१ गोल अन्तरले हराउँदै आर्सनलले सानदार जित निकालेको हो ।

    images
    images
    images

    आर्सनलको जितका लागि इथान न्वानेरीले दुई तथा डिक्लेन राइस, रहिम स्टर्लिङ र काई हाभर्ट्जले एक–एक गोल गरेका थिए । बोल्टनका लागि आरोन कोलिन्सले एक गोल फर्काए ।

    images
    images
    images

    आर्सनलका राइसले खेलको १६औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, न्वानेरीले ३७औँ र ४९औँ मिनेटमा गोल गर्दै आर्सनलको अग्रतालाई तेब्बर बनाए । त्यसपछि ५३औँ मिनेटमा बोल्टनका कोलिन्सले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए ।

    images
    images
    images

    यस्तै, ६४औँ मिनेटमा स्टर्लिंग र ७७औँ मिनेटमा हाभर्ट्जले गोल गर्दै आर्सनललाई ५–१ को जित दिलाए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # काराबाओ कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।