Logo

२०८३, आश्विन १०गते


images
images

मेक्सिकोमा गोली लागि ११ बन्दुकधारीको मृत्यु

मेक्सिकोमा गोली लागि ११ बन्दुकधारीको मृत्यु

images
  • मेक्सिकोमा गोली लागि ११ बन्दुकधारीको मृत्यु
    images
    images

    एजेन्सी । मेक्सिकोको उत्तरपूर्वी क्षेत्रमा बुधबार सुरक्षा फौजको कारबाहीमा ११ जना बन्दुकधारीको मृत्यु भएको छ ।

    images
    images
    images

    नुएभो लियोन राज्य सरकारले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘सुरक्षाकर्मीले एक सशस्त्र समूहलाई पछ्याउने क्रममा उनीहरूले गोली चलाएपछि भएको झडपमा ११ जना बन्दुकधारीको गोली लागी मृत्यु भएको छ भने एक जनालाई सुरक्षा नियन्त्रणमा लिइएको छ । सुरक्षाकर्मीले उक्त सशस्त्र समूहबाट हतियार र सवारी साधन जफत गरेको छ ।’

    images
    images
    images

    कमाण्ड पोस्टमा आक्रमण भएपछि हवाई र स्थलमार्गबाट खोजी सुरु गरिएको र सुरक्षा फौजतर्फ कुनै हताहती भएको छैन । 

    images
    images
    images

    सुरक्षाकर्मीले करिब आठवटा पिकअप ट्रकमा यात्रा गरिरहेका बन्दुकधारीलाई लखेट्ने क्रममा लस रामोनेस नगरपालिकामा गोली हानाहान भएको थियो ।

    हिरासतमा लिइएका संदिग्ध व्यक्ति राजमार्गमा छद्म भेषमा हतियार र सामरिक उपकरण बोकेर हिँडेका थिए । मेक्सिकोमा सुरक्षा बल र संदिग्ध कार्टेल सदस्यहरूबीच भिडन्त हुने गरेको छ।

    सन् २००६ देखि अहिलेसम्म ल्याटिन अमेरिकी राष्ट्र मेक्सिकोमा चार लाख ५० हजारभन्दा बढी मानिसको सशस्त्र झडपमा मृत्यु भइसकेको छ।

    देशको सबैभन्दा शक्तिशाली र हिंस्रक लागूऔषध गिरोहमध्येको एक उत्तरपश्चिमी राज्य सिनालोआमा लागू औषधको ओसारपसार गर्ने समूहमा आन्तरिक कलहका कारण यो महिना दर्जनौं व्यक्तिको मृत्यु भएको छ ।

    गत जुलाईको अन्त्यतिर सिनालोआ लागू औषध कारोबार गर्ने संस्थाका सहसंस्थापक इस्माइल ‘एल मायो’ जाम्बाडालाई अमेरिकी भूमिमा अचानक पक्राउ गरिएपछि यो हिंसा भएको हो ।

    निवर्तमान राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले सामाजिक कार्यक्रममार्फत गरिबी र असमानतासँग जुझ्दै हिंसात्मक अपराधसँग जुध्न ‘हग्स नट बुलेट्स’ रणनीतिको वकालत गरिरहेका समय पछिल्लो झडप र मृत्यु भएको हो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मेक्सिकोमा गोली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।