Logo

२०८३, कार्तिक २८गते


images
images

अग्रज पत्रकार कार्कीको निधन

अग्रज पत्रकार कार्कीको निधन

images
  • अग्रज पत्रकार कार्कीको निधन
    images

    बुटवल । रूपन्देहीका अग्रज पत्रकार कर्ण बहादुर कार्कीकाे निधन भएकाे छ । दुई वर्षदेखि मृगौलाकाे उपचार गरिरहेका कार्कीकाे ७० बर्षकाे उमेरमा शनिबार पाल्पाकाे  तानसेन ध्रुवघाटस्थित निवासमा निधन भएकाे हाे । 

    images
    images
    images

    नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय उपसभापति, प्रेस स्वतन्त्रता सेनानी समेत रहेका कार्कीले २०३६ सालको जनमत संग्रहपछि पाल्पाबाट पत्रकारिता सुरू गरेका थिए ।

    images
    images
    images

    जमर्को, झिल्को र देशान्तर साप्ताहिकमा  काम गरेका कार्कीले २०४५ सालमा तत्कालीन जिल्ला प्रशासनले रूपन्देहीमा पत्रिका दर्ता गर्न नदिएपछि नवलपरासीको परासीमा दाई कृष्णबहादुर कार्कीको सहयोगमा दैनिक लुम्बिनी पत्रिका दर्ता गरी प्रकाशन थालेका थिए ।

    images
    images

    २०४९ सालमा होमनाथ दाहाल पत्रकार महासंघका अध्यक्ष हुँदा कार्की केन्द्रीय उपाध्यक्ष भएका थिए । हक्की स्वभावका कार्कीले पत्रकारीताकाे माध्यमबाट सामाजिक रूपान्तरणमा महत्वपूर्ण भुमिका खेलेका थिए । 

    स्वर्गीय कार्कीकाे बुटलवलकाे मगरघाटमा अन्त्यष्टि गरिएकाे छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कर्ण बहादुर कार्की
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।