Logo

२०८३, आश्विन १०गते


images
images

पछिल्लो खेलमा नेपालद्वारा ओमान पराजित, उपाधिका लागि क्यानडा र ओमान बिचको खेल कुर्नुपर्ने

पछिल्लो खेलमा नेपालद्वारा ओमान पराजित, उपाधिका लागि क्यानडा र ओमान बिचको खेल कुर्नुपर्ने

images
  • पछिल्लो खेलमा नेपालद्वारा ओमान पराजित, उपाधिका लागि क्यानडा र ओमान बिचको खेल कुर्नुपर्ने
    images
    images

    काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टी-२० श्रृंखला अन्तर्गतको आफ्नो अन्तिम खेलमा नेपालले ओमानलाई ५६ रनले पराजित गरेको छ।

    images
    images
    images

    बुधबार राति भएको खेलमा कप्तान रोहित पौडेलले अलराउन्ड प्रदर्शन गर्दा ओमान नेपालसँग लगातार दोस्रो टी-२० मा पराजित भयो।

    images
    images
    images

    जितसँगै नेपाल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। यद्यपि क्यानडा र ओमानबीच अन्तिम खेल हुन बाँकी छ। यो खेलमा क्यानडाले जिते उसले उपाधि उचाल्ने छ। यदि ओमानले जितेमा नेट रनरेटका कारण नेपाल च्याम्पियन हुने सम्भावना कायमै छ।

    images
    images
    images

    किंग सिटीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो। नेपालका लागि कप्तान रोहित पौडैल ४४ बलमा ४ छक्का र २ चौकाको सहयोगमा ५६ रनमा अविजित रहँदा कुशल मल्लले १९ रन बनाए। त्यस्तै देव खनालले १८ रन बनाउँदा आसिफ शेख १६ तथा अनिल साहा ११ रनमा आउट भए। त्यस्तै आठौं नम्बरमा ब्याटिङका लागि आएका कुशल भुर्तेल ११ रनमा पेभिलियन फर्किए। ओमानका लागि फायाज बटले ३ विकेट लिंदा कलिमुल्लाह सकिल अहमेद र अकिब इलियासले समान १-१ विकेट लिए।

    १ सय ५८ रनको लक्ष्य पछ्याएको ओमान १७.५ ओभमा १ सय १ रनमा अलआउट भयो। उसका लागि जेसन मक्सुदको ३५ रन सर्वाधिक रह्यो। उनी बाहेक कप्तान अकिब इलियसले २२ रन बनाउँदा थप दोहोरो स्कोरका रुपमा प्रतिक अर्थबले १२ रन बनाए।

    नेपालका लागि कुशल भुर्तेलले ३ विकेट लिंदा रोहित पौडेलले २ तथा सन्दीप लामिछाने र रिजन ढकालले समान २-२ विकेट लिए।

    आज सिरिजको अन्तिम खेलमा क्यानडा र ओमान भिड्दै छन्। अङ्क तालिकामा नेपाल र क्यानडा समान ४ अङ्क भएपनि नेट रनरेटमा अघि रहँदै नेपाल शीर्ष स्थानमा छ। ओमान २ अङ्कका साथ अङ्क तालिकाको पुछारमा रहेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # त्रिकोणात्मक टी-२०
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।