Logo

२०८३, आश्विन १०गते


images
images

एलपिजी ग्यास बोकेको बुलेटको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु 

एलपिजी ग्यास बोकेको बुलेटको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु 

images
  • सेतोमसी सहकर्मी
  • एलपिजी ग्यास बोकेको बुलेटको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु 
    images
    images

    सुरज श्रेष्ठ, पर्सा । वीरगन्जमा मंगलबार दिउँसो एलपिजी ग्यास बोकेको बुलेटको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्साको बहुरमाई नगरपालिका- २ पिपरा निवासी ३० वर्षीय लालबाबु साह तेली रहेका छन्।  

    images
    images
    images

     

    images
    images
    images

    वीरगन्ज महानगरपालिका ३० ड्राइपोर्ट बहुअरी चोकमा, एनएल ०१ एबी ४३७३ नम्बरको ग्याँस बुलेटले साइकलमा सवार तेलीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए।

    images
    images
    images

     

    वीरगन्जको अलौं सिर्सियास्थित एकीकृत भन्सार जाच चौकी (आइसीपी) बाट वीरगन्जको पावरहाउस चोकतर्फ आउँदै गरेको ग्याँस बुलेटले बहुदरमाई नगरपालिकाबाट वीरगन्ज आउँदै गरेका साइकलयात्री साहलाई ठक्कर दिएको थियो।
    ठक्कर दिने ग्यास बुलेट र त्यसका चालक भारतको मुजफरपुर घर भएका २६ वर्षिय ललन कुमार रायलाइ प्रहरीले नियन्त्रणमा लिएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।