Logo

२०८३, श्रावण ३०गते


images
images

समाज

आमा समूहलाई उत्पादनमा कसरी जोड्ने ?

आमा समूहलाई उत्पादनमा कसरी जोड्ने ?

images
  • आमा समूहलाई उत्पादनमा कसरी जोड्ने ?
    images
    images

    समाज एक सम्बन्ध र सद्भावको जालो हो । जसमा एक अलिखित मुल्य मान्यता रहेको हुन्छ । समाजमा बस्ने हरेक व्यक्तिका लागि यो समान रुपमा लागु हुने गर्दछ । मानिस एक सामाजिक प्राणी हो, त्यसैले पनि उ समाजसँग प्रत्यक्ष रुपमा जोडिएको हुन्छ । मानिसका गलत क्रियाकलापले समग्र वातावरण खलबल्याई समुदाय र समाजलाई नै बदनामी तुल्याउने गर्दछ ।

    images
    images
    images

    हाम्रो समाजमा विभिन्न किसिमका सामाजिक संघसंस्थाहरु रहेको पाईन्छ । जसको उद्देश्य समाज रुपान्तरणमा टेवा पु¥याउँदै सामाजिक सद्भावलाई कायम राख्नु हो । नेपालको सन्दर्भमा महिलाहरु संगठित भएर स्थापना भएका आमा समूह/महिला समूहहरु हरेक टोलटोल र बस्ती स्तरमा रहेको पाईन्छ । महिला समूहहरु विधान सम्मत रुपमा स्थापना भई दर्ता गरी सञ्चालन स्वीकृति लिएर मात्र स्थापित हुने गरेका छन् । पछिल्लो समय राज्यको पुनःसंरचना पछि संस्था दर्ता तथा नविकरण गर्ने अधिकार स्थानीय सरकारलाई प्रदान गरिएको छ ।

    images
    images
    images

    महिला/आमा समुहमा स्थानीय रुपमा एकै टोल समाजमा रहेका महिलाहरु आवद्ध हुने गर्दछन् । दैनिक रुपमा आफ्नो व्यस्त समयका बाबजुद समय मिलाएर सामाजिक क्रियाकलापमा संलग्न हुने उद्देश्यले स्थापित महिलाहरुको समुहले समाजमा रहेका विकृति र विसङ्गति विरुद्ध विभिन्न अभियानहरु सञ्चालन गर्ने गरेको पाईन्छ । आफ्ना तमाम इच्छा, आकांक्षा र आवश्यकताहरुलाई थाती राखेर सानो रकम बचतको रुपमा समुहमा सङ्कलन गरी समाज रुपान्तरणमा लगानी गर्ने महिला समुहहरुको योगदान अतुलनीय रहँदै आएको छ ।

    images
    images
    images

    महिला समूहहरुद्धारा सामुहिक पुँजिको विकास, सामाजिक रुपान्तरण तथा सामुहिक भावनामा ऐक्यबद्ध भई समय समयमा सञ्चालन गरिएका मदिरा नियन्त्रण, जुवातास निषेध, बहुविवाह तथा बालविवाह विरुद्धका अभियान, कला संस्कृतिको संरक्षण सम्बद्र्धन, घरेलु हिंसा अन्त्यको प्रयास, पूर्ण साक्षरता अभियान, दाइजो विरोधी अभियान लगाएतका कुप्रथाहरूको अन्त्य उदाहरणिय कामहरु हुन् । समाजमा हुने विकास निर्माणका क्रियाकलापहरुमा समेत यस्तो समुहको सक्रिय सहभगिता देख्न सकिन्छ । जस्तै बाटो, कुलो, पाटी पौवा, विद्यालय, पार्क जस्ता संरचना निर्माण मार्फत समाज र राष्ट्र रुपान्तरणमा योगदान गरिरहेका छन् । 

     महिला समूहहरुद्धारा सामुहिक पुँजी विकास, सामाजिक रुपान्तरण तथा सामुहिक भावनामा ऐक्यबद्ध भई समय-समयमा सञ्चालन गरिएका मदिरा नियन्त्रण, जुवातास निषेध, बहुविवाह तथा बालविवाह विरुद्धका अभियान, कला संस्कृतिको संरक्षण सम्बद्र्धन, घरेलु हिंसा अन्त्यको प्रयास, पूर्ण साक्षरता अभियान, दाइजो विरोधी अभियान लगाएतका कुप्रथाहरूको अन्त्य उदाहरणीय कामहरु हुन् ।

    गाउँघर तथा समाजमा आयोजना हुने विवाह उत्सव, पुजाआजा देखि मर्दापर्दा गरिने काम र सरसहयोगका लागि समेत यसरी संगठित भएका महिला÷आमा समुहको उपस्थिति गाउँटोलमा उत्साहजनक रुपमा देखिन्छ ।

    पछिल्लो समयमा सञ्चारका माध्यम तथा प्रविधिमा आएको परिवर्तनसँगै हाम्रो समाजमा समेत अनेकौं चुनौतीहरु थपिँदै गएको छ । हाम्रा सामाजिक मुल्य मान्यताहरु दिनानुदिन नस्ट हुदै गइरहेका छन् । हामीहरु समयक्रम सँगै सुविधा भोगि हुदै गइरहेका छौं । हामी आवद्ध रहेका हरेक संघ संस्थाहरु सस्तो लोकप्रियताका लागि आफ्ना गतिविधि सञ्चालन गर्नेतर्फ अग्रसर हुदै गई रहेको अवस्था छ । हामीहरु आफ्नो स्पष्ट उद्देश्य तय गरेर अगाडि बढ्न नसकेको अवस्था छ । पछिल्लो समयमा समाज परिवर्तनमा अहम भुमिका निर्वाह गर्ने महिला समुहका गतिविधिहरु समेत सङ्कुचित हुँदै गएको पाइन्छ ।

    स्थानीय निकायले पनि वडागत रुपमा विनियोजन गर्ने अधिकांस बजेट आमा÷महिला समुहका भवन तथा भौतिक संरचना निर्माणकै लागि भएको देखिन्छ । तर निर्माण भएको भवनलाई सदुपयोग गर्ने र उत्पादनशील क्षेत्रमा काम गर्ने योजना बनाउन तर्फ भने कसैको ध्यान जान सकेको देखिदैन ।


    पछिल्लो समयमा हाम्रो जस्तो विकासोन्मुख देशमा भएको अव्यवस्थित विकास र निर्माण भएका संरचनाहरुको उपयोगिता दुःख लाग्दो अवस्थामा रहेको छ । देशमा बेरोजगारी समस्या चुलिदो छ । दैनिक हजारौंको संख्यामा युवा पुृस्ता विदेश पलायन भईरहेका छन् । समाज परिवर्तनमा ठुलो भुमिका निर्वाह गर्न सक्ने महिला समूहहरुको सक्रियता आजभोलि विस्तारै कम हुँदै गइरहेको त होइन भन्ने भान हुन थालेको छ । देशको बढ्दो बेरोजगारी र हालको परिप्रेक्षलाई विश्लेषण गर्दा समाजमा नमुना कामको माध्यमबाट रोजगारी सृजना गर्नेतर्फ नीजि तथा सरकारी क्षेत्रको योजना बनाएर अगाडि बढ्नुपर्ने देखिन्छ । 

    समाज रुपान्तरणमा प्रत्यक्ष परोक्ष रुपमा प्रभाव छाड्न सक्ने महिला समूहहरुले अव योजनाबद्ध तरिकाबाट आफुलाई व्यावसायिक बनाउदै अगाडि बढ्नुपर्छ । राज्यले निरन्तर महिलाको क्षेत्रमा लगानी गरिरहेको भएतापनि उत्पादनमुलक क्षेत्रमा त्यसको प्रयोग गर्न नसक्नु सरकार र यससंग सम्बन्धित सम्पूर्ण सरोकारवालाको कमजोरी हो । स्थानीय सरकार मार्फत दर्ता तथा नियमन गरिने भएकोले महिला समूहहरुलाई आगामी दिनमा योजनाबद्ध रुपमा स्वरोजगारीसँग जोड्नुपर्दछ । जसले उत्पादन र नतिजा मुलक कामतर्फ अग्रसर हुन प्रेरीत गरोस । 

    थोरै लगानीमा उत्पादन गर्न सकिने प्रविधिहरु बजारमा प्रसस्त भेटाउन सकिन्छ । महिला समूहहरुद्धारा कृषि हाते औजार उत्पादन, प्याकेजिङ, गार्मेन्ट, नर्सरी, फाइबर झोला, कुटानी/पिसानी, गिफ्टका सामग्री उत्पादन, बाँस तथा काठजन्य सामग्री, टपरी, सजावटका सामग्री, ढाका उत्पादन लगाएत कृषि कार्यक्रमहरु सञ्चालन गर्न सकिन्छ । यस्ता कार्यक्रमहरु सामुहिक रुपमा सञ्चालनका लागि टोलटोलमा निर्माण गरिएका सामुदायिक भवनहरु उपयोगी हुन सक्छन् । जसबाट समुदायमा व्याप्त बेरोजगारी समस्या केहि कम भई स्वरोजगारीको वातावरण सृजना हुन सक्छ । 

    देवदहको सन्दर्भमा हेर्नेको भने हाल अधिकांश महिला तथा आमा समूहहरुले आफ्नो सम्पूर्ण शक्ति र सामथ्र्य समुहको भवन निर्माण गर्ने तर्फ प्रयोग गरिरहेको पाईन्छ । महिला समूहहरुले स–सानो पूँजी जम्मा गरेर भवन निर्माण गरेको भएतापनि उक्त भवनहरु उपभोग गर्ने ठोस योजना नहुँदा अहिले त्यस्ता भवनहरु उपयोग विहिन जस्तो देखिन्छन् । 

    स्थानीय निकायले पनि वडागत रुपमा विनियोजन गर्ने अधिकांस बजेट आमा÷महिला समुहका भवन तथा भौतिक संरचना निर्माणकै लागि भएको देखिन्छ । तर निर्माण भएको भवनलाई सदुपयोग गर्ने र उत्पादनशील क्षेत्रमा काम गर्ने योजना बनाउन तर्फ भने कसैको ध्यान जान सकेको देखिदैन ।

    थोरै लगानीमा उत्पादन गर्न सकिने प्रविधिहरु बजारमा प्रसस्त भेटाउन सकिन्छ । महिला समूहहरुद्धारा कृषि हाते औजार उत्पादन, प्याकेजिङ, गार्मेन्ट, नर्सरी, फाइबर झोला, कुटानी/पिसानी, गिफ्टका सामग्री उत्पादन, बाँस तथा काठजन्य सामग्री, टपरी, सजावटका सामग्री, ढाका उत्पादन लगाएत कृषि कार्यक्रमहरु सञ्चालन गर्न सकिन्छ ।

    यस्ता कार्यक्रमहरु सामुहिक रुपमा सञ्चालनका लागि टोलटोलमा निर्माण गरिएका सामुदायिक भवनहरु उपयोगी हुन सक्छन् । जसबाट समुदायमा व्याप्त बेरोजगारी समस्या केहि कम भई स्वरोजगारीको वातावरण सृजना हुन सक्छ ।  त्यसको लागि अव स्वयम् आमा÷महिला समुहहरु, अन्य सरोकारवाला पक्ष र स्थानीय सरकारको सक्रियता अपरिहार्य छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आमा समूह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।