Logo

२०८३, श्रावण ३०गते


images
images

देवदह महोत्सवमा विद्यार्थी र आमा समूहले समूहगत प्रवेशको पाउने, जेष्ठ नागरिकलाई 'फ्री इन्ट्री'

देवदह महोत्सवमा विद्यार्थी र आमा समूहले समूहगत प्रवेशको पाउने, जेष्ठ नागरिकलाई 'फ्री इन्ट्री'

images
  • देवदह महोत्सवमा विद्यार्थी र आमा समूहले समूहगत प्रवेशको पाउने, जेष्ठ नागरिकलाई 'फ्री इन्ट्री'
    images
    images

    देवदह । सातौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव -२०७९ अवलोकनको लागि तीन प्रकारका प्रवेश टिकटको व्यवस्था गरिने भएको छ । महोत्सव अवलोकनमा सबै वर्ग, क्षेत्र र समुदायको पहुँचको लागि मेला आयोजक संस्था उद्योग व्यापार संघले यस्तो व्यवस्था गरेको जनाएको छ। 

    images
    images
    images

    मेला मूल आयोजक समिति संयोजक मेघराज ढकालका अनुसार सामान्य टिकट ७० कायम गरिएको छ भने विद्यार्थी सहुलियत टिकट ५० तोकिएको छ।  जसमा विद्यालयको अनुमतिमा समुहगत रूपमा मेला अवलोकन गर्न आउने विद्यार्थी र संस्थागत रूपमा मेला अवलोकन गर्न आउने आमा/महिला समूहलाई प्रतिव्यक्ति ३० रुपैयामा समुहगत टिकटको व्यवस्था गरिने संयोजक ढकालको भनाई छ। त्यसैगरि जेष्ठ नागरिक र विशिष्ट शारीरिक क्षमता भएका व्यक्तिलाई निशुल्क प्रवेशको व्यवस्था मिलाईने समेत आयोजकले जनाएको छ। 

    images
    images
    images

    मेला स्थल देवदह मण्डपमा शुक्रबार संचारकर्मीसंग कुरा गर्दै महोत्सव सचिवालय संयोजक थानेश्वर लम्सालले सबैखाले सामाजिक दायित्वलाई मनन गर्दै आफूहरू व्यापारमैत्री नभएर दर्शकमैत्री भएको तर्क गरे। "महोत्सव अवलोकन गर्नका लागि आयोजना गरिएको हो" उनले भने "सबै क्षेत्र, वर्ग र समुदायले सहज र सहुलियत रूपमा महोत्सव अवलोकन गर्न र देवदहको गौरवको रूपमा आयोजित मेलालाई अन्य स्थानका महोत्सव भन्दा फरक र अवलोकनमैत्री बनाउने कुरामा हामीले कुनै कसर बाँकी राखेका छैनौं।"

    images
    images
    images

    माघ २६ देखि फाल्गुन १० गतेसम्म संचालन हुने देवदह महोत्सवलाई राज्यका महत्वपुर्ण निकायमा रहेका विशिष्ट पदाधिकारीले समेत विशेष चासोको रूपमा हेरेका छन्।  बिहिबार मात्रै लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तिमगर मेला सचिवालयमै पुगेर तयारीबारे चासो राखेका थिए भने देवदह नगर प्रमुख धुर्व प्रसाद खरेल, उपप्रमुख विद्यालक्ष्मी गुरुङ लगायतले समेत मेलालाई भव्य र व्यवस्थित बनाउन सुझाव सल्लाह दिंदै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको उद्योग व्यापार संघ देवदहका संस्थापक अध्यक्ष गोविन्द ठटराईले बताए। 

    दुई हप्तासम्म संचालन हुने महोत्सवमा र्याली कार्यक्रम, विज्ञान प्रदर्शनी, विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिता, सवल अर्थतन्त्रको आधार - स्वदेशी लगानी तथा युवा रोजगार विषयमा वक्तृत्वकला कार्यक्रम, सिङ्गिङ्ग र  डान्सिंग आइडल, छात्रा भलिवल प्रतियोगिता तथा दैनिक रूपमा गोष्ठी-सेमिनारसंगै राष्ट्रिय र स्थानीय कलाकारको सांस्कृतिक कार्यक्रम रहने आयोजकले जनाएको छ। 

    १५० स्टल रहने मेलामा हालसम्म ८० प्रतिशत स्टल बुक भैसकेको तथा मेलामा देवदह क्षेत्रबासीलाई स्टल बूकिंगमा विशेष छुट उपलब्ध गराईएको साथै  स्थानिय कृषि प्रदर्शनीलाई निशुल्क स्टल उपलब्ध गराईने स्टल दर्ता उपसमिति संयोजक अमृत बहादुर फुल्लेलले जानकारी दिएका छन्।  

    २०७१ सालमा बुटवल र भैरहवा बाहिर रुपन्देही जिल्लामै पहिलो पटक महोत्सव आयोजना गरिएको देवदह व्यापार मेलाको यो सातौं संस्करण हो।  मेला सहआयोजक देवदह नगरपालिका, उद्योग व्यापार संघ, लुम्बिनी प्रदेश र नेपाल उद्योग व्यापार महासंघ  रहेका छन् भने सहयोगी संथाको रूपमा देवदह व्यापार संघ  देवदह र उद्योग वाणिज्य संघ देवदह रहेका छन्।  देवदहमा क्रियाशील तीन वटा व्यवसायिक संघ संस्थाले प्रत्येक वर्ष आलोपालो मेला गर्दै आएका छन्।  जसको सुरुवात २०७१ सालमा उद्योग व्यापार संघ देवदहले गरेको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।