Logo

२०८३, आश्विन ९गते


images
images

नौ अंकले घटेर २६१७ विन्दुमा नेप्से, चार अर्ब ७३ करोडको कारोबार

नौ अंकले घटेर २६१७ विन्दुमा नेप्से, चार अर्ब ७३ करोडको कारोबार

images
  • नौ अंकले घटेर २६१७ विन्दुमा नेप्से, चार अर्ब ७३ करोडको कारोबार
    images
    images

    काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक साताको पहिलो कारोबार दिन आइतबार ९.१९ अंकले घटेर बन्द भएको छ । नेप्से परिसूचक ०.३४ प्रतिशतले घटेर २६१७.९५ विन्दुमा बन्द भएको हो ।

    images
    images
    images

    यस दिन ९२ कम्पनीको सेयर मूल्य बढेको छ । १४० कम्पनीको सेयर मूल्य घटेको छ । ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

    images
    images
    images

    लाइफ इन्स्योरेन्स कर्पोरेट लिमिटेड, रिभर फल्स पावर लिमिटेड र माईखोला हाइड्रोपावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ । नेपाल एसबीआई बैंक लिमिटेडको सेयर मूल्य ६.७९ प्रतिशतले घटेको छ ।

    images
    images
    images

    आइतबार चार अर्ब ७३ करोड २४ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । गएको साताको बिहीबार पाँच अर्ब ४१ करोड ९१ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

    कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक वृद्धि भएको छ । बाँकी समूहको परिसूचक घटेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।