Logo

२०८३, आश्विन ९गते


images
images

सेयर बजार २७ अंकले बढ्यो, दुई कम्पनीमा सकारात्मक ‘सर्किट ब्रेक’

सेयर बजार २७ अंकले बढ्यो, दुई कम्पनीमा सकारात्मक ‘सर्किट ब्रेक’

images
  • सेयर बजार २७ अंकले बढ्यो, दुई कम्पनीमा सकारात्मक ‘सर्किट ब्रेक’
    images
    images

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबारको कारोबारमा २७ अंकले बढेको छ । साताको दोस्रो कारोबारको दिन बजार २७.४१ अंकले बढेको हो । बजार मापक २६४५.३६ विन्दुमा उक्लिएको छ ।

    images
    images
    images

    यस दिन २१३ कम्पनीको सेयर मूल्य बढेको छ । २८ कम्पनीको सेयर मूल्य घटेको छ । दुई कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

    images
    images
    images

    बजारसँगै कारोबार रकम पनि बढेको छ । पाँच अर्ब ३४ करोड ४८ लाख रुपैयाँबराबरको सेयर एक करोड चार लाख १८ हजारपटकमा खरिद–बिक्री भएको छ । आइतबार चार अर्ब ७३ करोडको सेयर खरिद–बिक्री भएको थियो ।

    images
    images
    images

    जानकी फाइनान्स तथा दोल्ती पावरको सेयर मूल्यमा सकारात्मक ‘सर्किट ब्रेक’ लागेको छ । रिभर फल्स, मेन्छियम हाइड्रो, मायाखोला हाइड्रो उच्च कारोबार गर्ने शीर्ष कम्पनीमा परे ।

    बजार बढ्दा १३ वटै समूहगत परिसूचक हरियो देखिएका छन् । सबैभन्दा धेरै फाइनान्स समूह ३.४६ अंकले बढेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।