Logo

२०८३, आश्विन ९गते


images
images

भरिया - कविता

भरिया - कविता

images
  • भरिया - कविता
    images
    images

    भरिया - कविता

    images
    images
    images

    पिडाहरुको भारी बोकेर
    रहरहरुको बिसौनिमा
    क्षितिज पारीको खुशी नियाल्दै
    सुस्केरा हाल्दै चौतारीमा 
    मन्द-मन्द मुस्कुराईरहेको भरिया म ।

    images
    images
    images

    यात्रा सोचे जस्तो सहज छैन
    गन्तव्य देखे जस्तो नजीक छैन
    थाप्ला भरी नाम्लाको डोब लिएर
    आँखाभरी आँशुको समुन्द्र
    शरीरभरि पसिनाको नदि बगाउँदै
    मन्द-मन्द मुस्कुराईरहेको भरिया म ।

    images
    images
    images

    काँडारुपी वचनवाण चुब्दा पाउभरी 
    रग्ताम्मै बनेका छन् मुटुहरु
    अभाव र तिरस्कारको भट्टिमा जिउँदै पोलिदा
    छट्पटीएका छन् मनहरु
    झिनो आशाले बाँच्ने रहर जगाउँदै
    मन्द-मन्द मुस्कुराईरहेको भरिया म ।

    दलहरुको कारखाना भित्र
    कार्यकर्ताको गोदाम हेर्दै
    ५० रुपैयाँको आम्दानी नहुँदा 
    ५० हजारको रास्ट्रीय ॠण बोकेर
    समृद्धिका मिठा भाषण सुन्दै
    मन्द-मन्द मुस्कुराईरहेको भरिया म ।

    खाडी र मलेसियाको रेमिटेन्सले
    मात्तिएका जनता हेर्दै
    वैदेशिक सहायता र अनुदानले
    उम्लिएको सरकार देखेर
    पाखो बाँझो राख्दै
    आयातित चामलको बोरा बोक्दै
    मन्द-मन्द मुस्कुराईरहेको भरिया म ।
    मन्द-मन्द मुस्कुराईरहेको भरिया म ।

    ✍️ रामचन्द्र तिम्सिना (आवाज)

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।