Logo

२०८३, आश्विन ९गते


images
images

सकियो रविको बयान, आगामी सोमबार कास्की अदालतमा उपस्थित गराइने

सकियो रविको बयान, आगामी सोमबार कास्की अदालतमा उपस्थित गराइने

images
  • सकियो रविको बयान, आगामी सोमबार कास्की अदालतमा उपस्थित गराइने
    फाइल फोटो
    images
    images

    काठमाडौं । सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेको बयान सकिएको छ ।

    images
    images
    images

    बुधकार बेलुका रविको बयान सकिएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जनाएको छ ।

    images
    images
    images

    सहकारी ठगीसम्बन्धमा प्रहरीले कात्तिक २ गते लामिछानेलाई पार्टी कार्यालय चमतीबाट पक्राउ गरेर स्थलमार्ग हुँदै कास्की लगेको थियो । उनी कात्तिक ३ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् ।

    images
    images
    images

    उनको बयान सकिएको पुष्टि सहायक जिल्ला न्यायाधिवक्ता विपिनराज तिवारीले खबरहबलाई गरेका छन् । उनका अनुसार तिहारपछि लामिछानेलाई अदालतमा उपस्थित गराइने छ ।

    उनलाई २० गते अदालत उपस्थित गराएर म्याद थप गरिने तिवारीले जानकारी दिए । उनले खबरहबलाई भने, ‘बुधबार बेलुका नै बयान सकिएको हो । अब आवश्यक प्रमाण र कागजात, भिडियो झिकाउने काम हुन्छ । अनुसन्धानबाट तानिएका अरू व्यक्तिलाई पनि खोज्ने काम हुँदैछ।’

    उनले रविको बयानका कुराहरु खुलाउन चाहेनन् । रविले सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको पुष्टि एमाले सांसद सूर्यबहादुर थापा क्षत्री नेतृत्वको संसदीय छानबिन समितिले नै गरिसकेको दलिल बयानका क्रममा गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सभापति रवि लामिछाने
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।