सन्तोष सुनार, प्यूठान । प्यूठानको स्वर्गद्वारी नगरपालिका ५ तल्लो सारीका एक बृद्ध ३ दिन देखी बेपत्ता भएका छन । बुधबार स्वर्गद्वारी नगरपालिका ५ तल्लो सारीका वर्ष ७५ बर्षका जगनात अधिकारी माडि नदिको किनारामा आफ्नो लौरो र चप्पल राखी बेपत्ता भएको स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख टेक प्रसाद भण्डारीले सेतोमसीलाई जानकारी दिए ।
अधिकारी घरमा कोही नभएको बेला दिउँसोको समयमा निस्केको परिवारले जानकारी दिएको नगर प्रमुख भण्डारीले बताए ।
संकास्पदको आधारमा अधिकारले माडि नदिमा हामफाले कि भनेर नदिको सबै ठाउँतिर प्रमुख जिल्ला अधिकारी रमाा आचार्य (सुबेदी), स्थानीय सरकार, जिल्ला प्रहरी, इलाका प्रहरीले े¥याप्टिङ मार्फत खोजतलासी गर्दा समेत नभेटिएका प्रहरी निरिक्षक नविन कुमा थापा क्षेत्रिले जानकारी दिए ।
अधिकारीको खोज अनुसन्धानका लागी सुलिचौर प्रहरी, इलाका प्रहरी कार्यालय भिङ्ग्री, स्थानीय टोलीले आज पनि बिहान ८ः३० बजेदेखी लागि परेको प्रहरी निरिक्षक थापा क्षेत्रीले बताए ।
अधिकारीको भरमा दुईवटा बुहारी रहेको र छोराहरु प्रवास रहेको बताइएको छ । अधिकारीको स्वास्थ्यमा धेरै समय अगाडिबाट पिसाब थैलीमा समस्या रहेको परिवार स्रोतले जनाएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology