माधव ज्ञवाली, गुल्मी । गुल्मीमा वृद्ध विगत ४ दिनदेखि बेपत्ता भएका छन् । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नं. ३ का ६९ बर्षिया ईश्वरी प्रदाद भट्टराई आफ्नै निवासदेखि बेपत्ता भएका हुन् ।
सोमबार बिहान करिब ११ बजेदेखि सम्पर्क बिहिन भएको परिवारका अन्य सदस्यको भनाई रहेको छ । उनले सेतो सर्ट, कालो पाइन्ट, गोल्ड स्टार जुत्ता र ढाका टोपी लगाएका छन् ।
बेपत्ता भट्टराईको खोजीकार्यमा सहयोग गरिदिन परिवारले आग्रह गरेको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology