Logo

२०८३, आश्विन १०गते


images
images

युरोपियन च्यामपियन्स लिग: सिटी र रियल पराजित हुँदा लिभरपुलको फराकिलो जित

युरोपियन च्यामपियन्स लिग: सिटी र रियल पराजित हुँदा लिभरपुलको फराकिलो जित

images
  • युरोपियन च्यामपियन्स लिग: सिटी र रियल पराजित हुँदा लिभरपुलको फराकिलो जित
    images
    images

    काठमाडौं । युरोपियन च्याम्पियन्स लिगमा सर्वाधिक सफल टोली रियल म्याड्रिड र उपाधी दाबेदार म्यानचेस्टर सिटी आ-आफ्नो खेलमा पराजित भएका छन्।

    images
    images
    images

    अर्को तर्फ इंग्लिस क्लब लिभरपुलले भने बार्यन लिभरकुसेनमाथि ४-० को एकपछिय जित हासिल गरेको छ। लिभरपुलको फराकिलो जितमा लुइस डियाजले ह्याट्रिक पूरा गरेका थिए। अर्को एक गोल कोडी गाक्पोका नाममा रह्यो।

    images
    images
    images

    रियल म्याड्रिड भने घरेलु मैदानमा इटालीयन क्लब एसी मिलानसँग ३-१ ले स्तब्ध बन्यो। रियल म्याड्रिडलगातार पराजयको सिकार हुने क्रममा ४ मध्ये लगातार २ खेलमा हार भोग्यो। केही दिन अघि मात्र लालिगामा एल क्लासिको भिडन्तमा रियल म्याड्रिड ४-० ले पराजित भएको थियो।

    images
    images
    images

    खेलमा मलिक थिवाउको गोलमार्फत मिलानले अग्रता बनाएको थियो। तर २३ औं मिनेटमा भिनिसियस जुनियरले पेनाल्टीमार्फत खेल बराबरीमा ल्याए। तर पहिलो हाफमै अल्भारो मोराटाले मिलानलाई अग्रता दिलाए। ३९ औं मिनेटमा मोराटाले गोल गर्दा तेस्रो गोल ७३ औं मिनेटमा रिजन्डर्सले गरेका थिए।

    त्यस्तै अर्को खेलमा सिटी भने पोर्चुगिज क्लब स्पोर्टिङ सिपीसँग ४-१ ले स्तब्ध बन्यो। फिल फोडेनको गोलमार्फत चौंथो मिनेटमै अग्रता बनाएको सिटी पहिलो हाफको अन्तिम समयमा लय गुमाउन पुगेको थियो।

    सिटी विरुद्ध भिक्टर गोयकर्सले ह्याट्रिक गरे। युनाइटेडमा अनुबन्धित भएका प्रशिक्षक रुवेन आमोरिमको प्रशिक्षणमा रहेको स्पोर्टिङ सिटीविरुद्ध निरीह रहेको थियो। सिटीले २०१८ पछि लगातार तीन खेलमा हार भोगेको यो पहिलो पटक हो।

    च्याम्पियन्स लिगकै अन्य खेलमा पिएसभीले जिरोनालाई ४-० ले पराजित गर्दा स्लोभन ब्राटिसलाभाले डिनामो जाग्रेवलाई ४-१ ले हरायो। त्यस्तै मोनाकोले बोलोग्नालाई १-० ले पराजित गर्दा बौउरुसिया डर्टमुन्डले स्टर्म ग्राजलाई १-० ले हरायो।

    सेल्टीकले आरबी लेइपजिङ्गलाई ३-१ ले हराउँदा लिलसँग युभेन्टसले १-१ गोलको बराबरीमा रोकिएको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।