Logo

२०८३, श्रावण ३०गते


images
images

पोखरा महानगरले स्थायी बनाएका १२९ कर्मचारीको नियुक्ति खारेज

पोखरा महानगरले स्थायी बनाएका १२९ कर्मचारीको नियुक्ति खारेज

images
  • पोखरा महानगरले स्थायी बनाएका १२९ कर्मचारीको नियुक्ति खारेज
    images
    images

    पोखरा । पोखरा महानगरपालिकाले स्थायी बनाएका १२९ कर्मचारीको नियुक्ति प्रदेश लोक सेवा आयोगले खारेज गरिदिएको छ । गत वर्षको दुई चरणमा सूचना प्रकाशित गरेर दरखास्त आह्वान गरी नियुक्ति प्रक्रियाबाट स्थायी बनेका १२९ कर्मचारीको नियुक्ति आयोगले खारेज गरिदिएको हो ।

    images
    images
    images

    महानगरपालिकाले आयोगको एकल र अच्छुण अधिकारलाई प्रतिकूल प्रभाव पार्ने गरी आफ्नो क्षेत्राधिकार बाहिर गई संविधान तथा कानुन विपरीत आफूलाई नभएको अधिकार प्रयोग गरी स्थायी नियुक्ति दिएको भन्दै खारेज गरेको पत्र आयोगले महानगरपालिकालाई पठाएको छ । महानगरले गरेको उक्त कदम योग्यता प्रणालीमा प्रत्यक्ष प्रभाव पर्ने, खुला प्रतिस्पर्धात्मक परीक्षाका लागि उम्मेद्वारहरु प्रतिस्पर्धात्मक अवसरबाट वञ्चित भएको समेत भएको आयोगको ठहर छ ।

    images
    images
    images

    महानगरपालिकाले २०८० असोज २३ ले १९ जना र पुस ६ गते ११० जनालाई आन्तरिक प्रतिष्पर्धाबाट स्थायी नियुक्त गर्नका लागि दरखास्त आह्वान गरेको थियो । सोही दरखास्त बमोजिम स्थायी कर्मचारी नियुक्त गरिएको महानगरले जनाएको छ ।

    images
    images
    images

    महानगरपालिकाले दरखास्त सूचनामा उच्च अदालत पोखराको आदेश तथा सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयअनुसार स्थायी पदपूर्ति गर्न लागिएको उल्लेख गरेको थियो । उच्च अदातलले २०७३ चैत्र ३० र सर्वोच्चले २०७९ चैत २८ मा महानगरमा स्वीकृत दरबन्दीमा २०६४ असोज मसान्तसम्म नियुक्त भएका कर्मचारीको हकमा आवश्यक प्रक्रिया पूरा गरेर स्थायी गर्न आदेश दिएको थियो । सोहीबमोजिम महानगरले स्थायी नियुक्ति गरेको हो । महानगरको २४औं कार्यपालिका बैठकले समेत स्थायी बनाउने प्रक्रिया थाल्ने निर्णय गरेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखरा महानगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।